शिक्षामा लगानी बढ्यो, उपलब्धि घट्यो

६ साउन, काठमाडौं । शिक्षामा आकारमा लगानी बढेको छ। तर, विद्यार्थीको सिकाइ उपलब्धि घट्दै गएको छ। तीन वर्षमा सिकाइ उपलब्धि औसतमा झन्डै १५ प्रतिशत घटेको छ।

सो अध्ययनले राष्ट्रिय औसत उपलब्धि नेपालीमा ६३, गणितमा ६० प्रतिशत देखाएको थियो। तर, अार्थिक वर्ष ०७२/७३ मा उपलब्धि घटेर नेपालीमा ५२ र गणितमा ४५ प्रतिशत रहेको इआरओको तथ्यांक छ। कक्षा ५ मा अार्थिक वर्ष ०६९/७० मा ४१ हजार चार सय ७९ विद्यार्थीको परीक्षणमा नेपालीमा ६०, गणितमा ५३ र अंग्रेजीमा ५४ प्रतिशत रहेकोमा अार्थिक वर्ष ०७२/७३ मा भने उपलब्धि घटेर नेपालीमा ४६, गणितमा ४८ र अंग्रेजीमा ४७ प्रतिशत पाइएको छ।
आर्थिक वर्ष ०६८/६९ कक्षा ८ का ४८ हजार ६ सय ८२ विद्यार्थीमा गरिएको परीक्षणमा नेपालीमा ४९, गणितमा ४३ र सोसियोलोजीमा ४९ प्रतिशत सिकाइ उपलब्धि थियो। तर, अार्थिक वर्ष ०७०/७१ मा भने ४४ हजार ६७ विद्यार्थीमा गरिएको अध्ययनमा उपलब्धि घटेर नेपालीमा ४८, गणितमा ३५ र विज्ञानमा ४१ रहेको थिय। इआरओले अार्थिक वर्ष ०६८/६९ देखि विभिन्न कक्षाका विद्यार्थीको नेसनल एसिस्मेन्ट अफ स्टुडेन्ट एचिभमेन्ट (नासा) अध्ययन गर्दै आएको छ।