काठमाडौंको डल्लुमा स्कुल बसमा आगजनी

bus agagani६ साउन, काठमाडौं ।काठमाडौंको डल्लुस्थित विष्णुमती पुल नजिक आज बिहान एउटा स्कूल बसमा आगजनी गरिएको छ । धोबिघाटमा रहेको आइडल मोडल स्कूलको बा २ क ४६९ विद्यार्थी बोकेको बसमा तीन जना अज्ञात व्यक्तिले आगजनी गरेका हुन् । उनीहरुले बसमा चढेर सबै विद्यार्थीलाई झारेर पेट्रोल छर्की आगो लगाएको प्रतक्ष्यदर्शीले बताए ।

हतार हतार झर्ने क्रममा केही विद्यार्थीको कपालमा आगोले भेटेको बताइएको छ । विद्यार्थी चढेको बसमा आगजनी गरेको भन्दै सर्वसाधारणले आपत्ति जनाएका छन ।

विद्यालयका प्रधानाध्यापकले वालबालिका चढेको बसमा आगजनी हुँदा पनि सुरक्षा नपाएको र नीजि विद्यालयमाथि नियोजित आक्रमण भएको गुनासो गरेका छन । आगजनि गरेको स्थानमा अखिल केन्द्र र योङ कम्युनिष्ट फोर्स लेखिएको पर्चा भेटिएको प्रहरीले जनाएको छ । आगजनीवाट बस पुर्ण रुपमा जलेर नष्ट भएको छ ।


Facebook Comment


No ads found for this position