ट्राफिकले उठायो १५ करोड

६ साउन, काठमाडौं । एक वर्षको अवधिमा राजधानीमा साढे पाँच लाख सवारीचालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले अघिल्लो वर्ष एक करोडभन्दा बढी जरिवाना संकलन गरेको छ ।

traficआर्थिक वर्ष ०७२/७३ मा उपत्यकामा पाँच लाख ४८ हजार चार सय ७० जना चालक कारबाहीमा परेका छन् । अघिल्लो आर्थिक वर्षमा भन्दा यस बर्ष कम कारबाहीमा परेका छन् ।

अघिल्लो वर्ष पाँच लाख ६७ हजार ६ सय ४० जना कारबाहीमा परेका छन् ।

कारबाही घटेपछि जरिजाना शुल्क बढाइएकाले कारबाहीबाट राजश्व धेरै उठेको छ ।

यस वर्ष ट्राफिक प्रहरीले १५ करोड ८२ लाख राजश्व संकलन गरेको छ । अघिल्लो वर्ष १४ करोड ४९ लखा रुपैयाँ संकलन भएको थियो । गत १ जेठ देखि ट्राफिक प्रहरीले न्यूनतम जरिवाना दुई सयलाई पाँच सय रुपैयाँ बनाएको थियो ।त्यस्तै, अधिकतम हजारबाट एक हजार पाँचसय बनाएको थियो ।


Facebook Comment


No ads found for this position