उपत्यकामा भूकम्पपीडितको सर्वेक्षण थालिने

६ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा शुक्रबारदेखि वास्तविक भूकम्पपीडितको लगत लिन सर्वेक्षण सुरु हुँदैछ। काठमाडौँ, भक्तपुर र ललिपुरमा भूकम्पपीडितको सर्वेक्षण गर्न कम्तिमा डेढ महिना लाग्ने केन्द्रीय तथ्यांक विभागले जनाएको छ। काठमाडौँमा एक महानगरपालिकासहित ११ नगरपालिका, भक्तपुरमा एक उपमहानगरपालिकासहित पाँच नगरपालिका र ललितपुरमा पाँच नगरपालिकासहित १९ गाविसमा लगत संकलन गरिनेछ।

nepalese_tents_earthquake__650सर्वेक्षणपछि तथ्यांक विभागले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई प्रतिवेदन बुझाउनेछ। प्रतिवेदन छानबिन गरी अन्तिम नामवली प्रकाशन गरेर पीडितलाई अनुदान वितरण प्रक्रिया सुरु हुने प्राधिकरणले जनाएको छ।

तथ्यांक विभागले यसअघि उपत्यका बाहिरका अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा र नुवाकोटमा सर्वेक्षण गरी प्राधिकरणलाई बुझाएको प्रतिवेदनका आधारमा सम्झौता गरी पहिलो किस्ताको अनुदान वितरण प्रक्रिया सुरु भएको छ।


Facebook Comment


No ads found for this position