पुनर्निर्माण नगरे पशुपतिका सम्पदा नासिने

६ साउन, काठमाडौं । गत वर्षको विनाशकारी भूकम्पले पशुपति क्षेत्रका ऐतिहासिक तथा पुरातात्विक क्षतिग्रस्त मठमन्दिरको तत्काल पुनर्निर्माण नगरे ती मठमन्दिरमा प्रयुक्त झ्याल, काष्ठकला, मूर्तिजस्ता बहुमूल्य सामग्री नष्ट भएर जाने सम्भावना देखिएको छ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टण्डन भन्छन्, ‘ सरकारले पशुपति क्षेत्रको सम्पदाको पुनर्निर्माण ४/५ वर्षभित्र नगरे पाशुपत क्षेत्रका बहुमूल्य सामग्री नष्ट हुन्छन्। यसो भए देशलाई धेरै ठूलो क्षति हुन सक्छ।’

पशुपतिनाथ मन्दिर, काठमाडौं

विनाशकारी भूकम्पले पाशुपत क्षेत्रका २० वटा मन्दिरमा असर परेको र ती मन्दिरमा प्रयुक्त प्राचीन मूर्ति, बहुमूल्य सामग्री, पौराणिक इतिहास बोकेका बस्तु, हस्तकला, काष्ठकलाका नमुना झ्याल, ढोका अस्थायी टहरा बनाएर राखेको छ भने पशुपति क्षेत्रमा त्यसै थुपारिएका पुरातात्विक सामग्री वर्षा याममा कुहिएर जाने जोखिम बढेको सदस्यसचिव टण्डनले प्रष्ट पारे। भुकम्पमा ध्वस्त मठमन्दिरका मूर्ती, शिवलिंग लगायत सामग्रीहरुलाई पशपति क्षेत्रमा विभिन्न ठाँउहरुमा टहरा बनाएर सुरक्षित साथ राखेको कोषका सदस्य सचिव टण्डनले जानकारी गराए। उनको अनुसार कतिपय समानहरुलाई व्यवस्थापन गर्न पनि गर्न सके छैन, समानहरु धेरै र टहराहरु थोरै भएको कारणले महत्वपूर्ण सामग्रीहरुलाई उचित स्थानमा राखेको र कतिपय काठका सामग्रीहरु जस्तै :  झ्याल, विभिन्न कला कोरिएको काठ लगायतका वास्तुकलाहरुलाई त्यतिकै बाहिर राखेको छ जुन सामग्रीहरु वर्षायाम आइसकेको कारण कुहेर जाने खतरा बढीसकेको बताउँदै यस्तो सामग्रीहरुको पुर्ननिर्माणको कार्यलाई पुर्ननिर्माण प्राधिकरणले तिब्रताका साथ अगाडि बढाएर उचित व्यवस्थान गर्न तर्फ अग्रसर हुनु पर्ने अवस्था रहेको उनले स्पष्ट पारे।

अहिले पशुपति क्षेत्र विकास कोषमा पुर्ननिर्माण सम्बन्धीका चार ओटा सम्पदाहरुको निर्माण कार्यलाई कोषले तिब्रताका साथ  अगाडि बढाइरहेको छ। पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव डा. गोविन्द टण्डनका अनुसार नेपाल सरकारको स्रोतमा पशुपति क्षेत्र विकास कोषको मातहतमा पशुपति क्षेत्रमा चार ओटा सम्पदाको पुर्ननिर्माण कार्यलाई तिब्रताका साथ कोषले अगाडि बढाइरहेको बताए।

भुस्नेश्वर सत्तल, गोरखनाथ आश्रम र नरहरीनाथ आश्रम, शंखनरायण सत्तल, र गुह्ेश्वरी सत्तलको जस्तो चार ओटा सम्पदाहरुको पुर्ननिर्माणको लागि काम सुरु भएको र यसै आर्थिक वर्षभित्रमा काम पुरा गर्ने आशयका साथ काम धमा–धम भइरहेको सचिव टण्डनले जानकारी गराए।

कोषका योजना निर्माण निर्देशक भरत मरासिनीका अनुसार – ‘भुस्नेश्वर सतलको निर्माणको लागि नेपाल सरकारवाट प्राप्त वजेटमा ७ करोड २८ लाख विनियोजन गरिएको छ भने, गोरख नाथ आश्रम र नरहरीनाथ आश्रमको लागि ४ करोड ६१ लाख रुपैंयाको वजेट विनियोजन गरिएको छन।

त्यस्तै पशुपति क्षेत्रभित्र शंखनरायाण सतलको निर्माणको लागि ३ करोड ६ लाख विनियोजन गरेको सदस्य सचिव टण्डनले बताउँदै गुह्ेश्वरी सतलको लागि ७ करोड ४३ लाख रुपैंया विनियोजन गरि निर्माण पक्रियामा तिब्रता दिएको जानकारी गराए।

पशुपति क्षेत्रका सम्पदाहरुको विगतको वर्षमा गएको महाविनाशकारी भुकम्पले  पुर्‍याएको क्षतिको पुर्ननिर्माणको लागि २ अर्ब जतिको वजेटको लागि पुर्ननिर्माण प्राधिकरणमा प्रपोजल बझाइसकेको सदस्य सचिव डा. टण्डनले बताए। उनले थपे ‘ हामीले बुझाएको प्रपोजलको विषयमा पुर्ननिर्माण प्राधिकरणवाट औपचारिक रुपमा कुनै निर्णय नआएको र आफुहरुले यो सालको बजेट विनियोजनको विषयमा प्रतिक्षा गरिरहेको प्रष्ट पारे ।

भूकम्पले बिनाश गरेको सम्पदाहरुको पुर्ननिर्माण ५ वर्षभित्र गर्न नसकेको खण्डमा निर्माण सामग्रीहरुको नोक्सान हुने कोषका सचिव डा. टण्डनले प्रष्ट पार्नु भयो। उनले ‘महाभुकम्पले पशुपति क्षेत्रका सम्पदाको तहश नहश भएको र बाँकी रहेको पौराणिक अस्तित्व बोकेका बास्तुकला, पुरातात्कि सामग्री नष्ट भएर जानेको भएकोले पुर्ननिर्माण कार्यलाई तुरुन्त अगाडी बढाउने कुरामा जोड दिनु पर्ने बताए।

पशुपति क्षेत्रमा रहेको २० ओटा मन्दिरमा रहेको मूर्तीहरु, ‘मन्दिरमा प्रयोग भएको झ्याल, काष्टकला, लगायतका वस्तुहरुको उपयोग गर्नको निम्ती चाडैँ सम्पदाहरुको पुर्ननिर्माण प्रक्रिया सुरु गर्नु पर्ने आवश्यता रहेको उनले औल्याए।’


Facebook Comment


No ads found for this position