बन्द भएको पोखरा ट्रेड मल सुचारु

पोखरा, ६ साउन । पार्किङ विवादका कारण गत सोमबारबाट बन्द भएको पोखरा ट्रेड मल  खुलेको छ । ट्रेड मल व्यवसाय सङ्घका अध्यक्ष सुरेश नेपाली र ट्रेड मल सञ्चालक समितिका प्रबन्ध निर्देशक मीनराज काफ्लेबीच गएराति तीनबुँदे सहमति भएपछि मल सञ्चालनमा आएको हो ।

Pokhara-Trade-Mall-5ट्रेड मल व्यवस्थापनले यसअघि पार्किङ ठेक्का दिएको ठेकेदार मोतीलाल पौडेलसँगको सम्झौता रद्द गरी ट्रेड मलभित्रकै व्यवसायी सुरेश नेपालीलाई दिने सम्झौतामा गरिएको छ । व्यवसायीले ट्रेड मल व्यवस्थापनलाई बुझाउनुपर्ने बाँकी रकम साउन २५ गतेभित्र भुक्तानी गर्नुपर्ने र अब उप्रान्त कुनै बहानामा मल परिसरभित्र व्यवसायीले बन्द, हडताल र हुलदङ्गा गर्न नपाउने सहमति भएको छ । उक्त ट्रेड मलभित्र हाल ३८० वटा पसल सञ्चालनमा छन् । पोखराका ६६ जना व्यवसायीको रु एक अर्ब छ करोडको लागतमा गत वर्षदेखि सञ्चालनमा आएको हो भने सो मलले साढे छ रोपनी जमिन ओगटेको बताइएको छ ।


Facebook Comment


No ads found for this position