एक वर्षभित्र बाग्मती नदी ढलमुक्त हुने

७ साउन, काठमाडौं । एक वर्षभित्र बाग्मती नदी ढलमुक्त हुने भएको छ।। नदीका दुवै किनारमा ढल सञ्चालन गरिएपछि अब नदीको पानी प्रदुषण हुनबाट रोकिने भएको छ।

बाग्मती ढल सुधार आयोजनाका उपप्रमुख योगेन्द्र चित्राकारले भने,‘बल्खु पुलदेखि सुन्दरीघाटसम्म हामीले आउने सालको साउनसम्मका सक्छौं, त्यसपछि बाग्मती पूर्ण रुपमा ढलमुक्त हुनेछ।’नदीका दुवै किनारामा हालसम्म ४० किलोमिटर ढल विछ्याइएको छ। बौद्ध, जोरपाटी हुँदै पशुपति क्षेत्रसम्म बाग्मती ढलमुक्त छ।