सप्तकोसीमा पानीको बहाव पुलसम्मै

७ साउन, काठमाडौं । केही दिनदेखि पहाडी जिल्लाहरूमा भइरहेको लगातारको वर्षाले यो साता सप्तकोसीमा पानीको बहाव पुलसम्मै पुगेपछि जोखिम बढेको छ ।

Saptakoshiचार दिनअघि यो वर्षकै उच्च बिन्दुमा पुगेको पानीको बहाव बिहीबार केही घटे पनि पुलको उचाइ तल झरेको छैन । पछिल्लो केही सातादेखि सप्तकोसीमा पानीको बहावमा घटबढ भइरहेको छ ।

कोसी ब्यारेजस्थित नियन्त्रण कक्षका अनुसार गत आइतबार राति सप्तकोसीमा पानीको बहाव दुई लाख ३३ हजार आठ सय ८० क्युसेक प्रतिसेकेन्ड मापन गरिएको थियो ।

बिहीबार साँझ ५ बजे भने कोसीमा बहाव एक लाख ७१ हजार ६ सय २५ क्युसेक प्रतिसेकेन्ड मापन भएको नियन्त्रणकक्षका भारतीय अधिकारीले बताएका छन् ।


Facebook Comment


No ads found for this position