एक्यापले तदारुकता नदेखाउन दुर्लभ हिउँ चितुवा मर्‍यो

८ साउन, काठमाडौं । मुस्ताङमा घाइते रहेको हिउँ चितुवा उपचार नपाई मरेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले उपचारमा तदारुकता नदेखाउन बुधबार राति हिउँ चितुवा मरेको हो । अनुसन्धानमा आएका नेशनल जियोग्राफी च्यानलका पिटर एथेन्सको समूहसहित स्थानीयले उपचारको लागि हेलिकप्टरबाट पोखरा वा काठमाडौं लैजान सुझाव दिएपछि एक्यापले वेवास्था गर्दै आएको थियो ।

tigerझुसाङ–४ को छुक्साङ गाउँमा सोमबार घाइते अवस्थामा हिउं चितुवा फेला परेको थियो । गाउँलेले प्रहरीलाई खबर गरेपछि एक्याप, हिउँ चितुवाका अनुसन्धानकर्ता बिक्रम श्रेष्ठ सहितको टोलीले सदरमुकाम जोमसोम ल्यायो ।

रेखदेख र सुरक्षाका कारण देखाई सेनाको उच्च शिखर शिक्षालयमा राखियो । जानकारहरु भन्छन्,‘राख्ने काम मात्र एक्यापले गऱ्यो, तर उपचारमा कुनै ध्यानै दिएन ।’ अगाडीका दुबै खुट्टामा घाउ भएकोले हिउँ चितुवा हिंड्न सकेको थिएन ।

खुट्टामा घाउ भएकोले तापक्रम अनुकुल कोठामा राखेर उपचार गर्नुपर्ने र यसका लागि महंगो ह्वीलचियर मगाउनुपर्ने भएकोले एक्यापले उपचार गर्न नखोजेको यसका जानकारले कान्तिपुरलाई बताए । एक्याप स्रोतका अनुसार, मुख्य कार्यालय पोखरामा सम्पर्क गरेपछि आयोजना निर्देशक लगायतका ब्यक्तिले उपचार गर्न नसक्ने जवाफ फर्काएका थिए ।उपचारको लागि लैजान हेलिकप्टर खर्च ब्यहोर्न पनि तयार थिए जियोग्राफी च्यानलका पिटरको समूह ।


Facebook Comment


No ads found for this position