तेत्तीस लाखको लागतमा बसपार्क

भक्तपुर, ९ साउन । अनन्तलिङ्ेश्वर नगरपालिका– ९ बिरुवामा रु ३३ लाखको लागतमा बसपार्क निर्माण सम्पन्न भएको छ ।

दुई रोपनी क्षेत्रफल रहेको सो बसपार्क उपत्यका विकास प्राधिकरणको रु २४ लाखको आर्थिक सहयोग र स्थानीय रु आठ लाख ५० हजार रु बराबरको जनश्रमदानबाट निर्माण सम्पन्न भएको हो ।

विसं २०५५ देखि बिरुवामा बसपार्क सञ्चालनमा आएको हो । उक्त बसपार्कबाट रत्नपार्क र गङ्गबुसम्म जाने बस सञ्चालन हँुदै आएका छन् । अव्यवस्थित रहेका कारण ढलान गरी व्यवस्थित बनाइएको निर्माण समितिले जनाएको छ ।


Facebook Comment


No ads found for this position