उन्नत जातका भेडा संरक्षण गर्न कठिन

जुम्ला, ९ साउन । दुई वर्षअघि न्युजिल्यान्डबाट जुम्लामा ल्याइएका रोम्नी मार्स र कुपोर्थ नामका उन्नत जातका भेडा संरक्षण कार्य जटिल बन्दै गएको छ । भेडा तथा बाख्रा अनुसन्धान कार्यक्रम जुम्लाले दुवै जातका २५ भेडा नेपाली सेनाको सहायताले आकास मार्गबाट जुम्ला पु¥याएको थियो । न्युजिल्यान्डबाट काठमाडौँ हुँदै जुम्ला पु¥याउँदासम्म रु १० लाख बराबर २५ भेडाको लागत पुगेको गुठीचौर जुम्लाका तत्कालीन संयोजक लुमानिधि पाण्डेले बताउनुभयो । अहिले अनुसन्धान कार्यक्रम जुम्ला र केन्द्रीय भेडाबाख्रा कार्यालयलाई यी भेडा जोगाउन निकै ठूलो सङ्कट आइलागेको भेडा तथा बाख्रा अनुसन्धान कार्यक्रम गोठीचौर जुम्लाका निमित्त कार्यालय प्रमुख बोधराज बरालले जानकारी दिनु भयो । मुख्यतः हावापानी नमिलेका कारण भेडा जोगाउन मुस्किल भइरहेको छ, – उहाँले भन्नुभयो ।
bhedaलेखा अधिकृत जुद्धबहादुर कार्कीले यहाँ पु¥याइएका २५ वटा भेडामध्ये सात–आठ वटा मरिसकेको बताउनुभयो । उहाँका अनुसार केही जन्मेर फेरि २२ पुगेका छन् भने क्रसबाट जन्मिएका ३० भेडा भने राम्रो अवस्थामा छन् । बाँकी रहेका र नयाँ जन्मेका भेडा जोगाउन उच्च व्यवस्थापन पुग्न नसकेको हो । चिसोका कारण भेडामा श्वासप्रश्वास बढी हुने, नाकबाट पानी चुहाउने, खान मन नगर्ने र कमजोर हुँदै निमोनियाले बढी ग्रसित भएर मर्ने गरेको अनुसन्धान केन्द्रले बताएको छ ।

भेडासम्बन्धी विशेषज्ञता भएका वैज्ञानिकहरुको अभावका कारण सामान्य उपचारबाहेक थप उपचार हुन नसक्नुले व्यवस्थापन कार्य सङ्कटोन्मुख अवस्थामा पुगेको लेखा अधिकृत कार्कीको भनाइ छ । यिनै जातका भालेबाट स्थानीय पोथीहरुमा क्रस गराई बच्चा उत्पादनसमेत गरिएको छ । स्थानीय भेडासँग क्रस गरेर यो जातलाई फैलाउने र यसको ऊनबाट आफ्नै देशमा कच्चा पदार्थ उत्पादन गर्ने मुख्य उद्देश्यका साथ भेडा ल्याइएको थियो । आव ०७०÷७१ मा सरकारले विनियोजन गरेको बजेटले नै २६ भेडा जुम्ला र २६ नुवाकोट जिल्लाको पानसय खोला भेडाफार्मका लागि खरिद गरिएको थियो ।


Facebook Comment


No ads found for this position