बाघ मृत फेला

चितवन, ९ साउन । चितवन राष्ट्रिय निकुञ्जमा एक वयस्क बाघ मृत अवस्थामा भेटिएको छ । निकुञ्जको सौराहाबाट कसरा जाने बाटोको १ नम्बर र २ नम्बर पुलको बीचको घोलमा शनिबार बाघ मृत अवस्थामा भेटिएको हो ।

tiger निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार गन्ध आइसकेको अवस्थामा वयस्क बाघ भेटिएको हो । बाघलाई बेलुका निकुञ्जको मुख्य कार्यालय कसरामा परीक्षण गरेर गाडिएको उहाँले बताउनुभयो ।

बूढो भएकै कारण बाघ मरेको कँडेलले बताउनुभयो । बाघको सबै अङ्ग सुरक्षित रहेको थियो । बाघको आयु २० वर्षको हुन्छ । चितवन राष्ट्रिय निकुञ्जमा सन् २०१३ को तथ्याङ्कअनुसार १२० वटा वयस्क बाघ रहेका छन् ।


Facebook Comment


No ads found for this position