नयाँ सरकार बनाउन अवरोध खुल्यो

काठमाडौँ, ९ साउन । मन्त्रिपरिषद्को आज बसेको बैठकले नयाँ सरकार गठनका लागि संवैधानिक अड्चन फुकाउन भन्दै राष्ट्रपतिलाई वाधा अड्काउ फुकाउका लागि सिफारिस गरेको छ। एक मन्त्रीले जनाए अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष वाधा अडकाउ फुकाउको सिफारिस गरेको हो। संविधानको कार्यान्वयनमा कुनै गतिरोध आए राष्ट्रपतिले संविधानको धारा ३०५ को प्रयोग गरेर सो गतिरोध फुकाउन सक्ने संवैधानिक व्यवस्था छ।
एमाले सचिव प्रदीप ज्ञवालीले सेतोपाटीसँग भने, संविधानका विरोधाभाषमा खेलेर सत्तामा बसिरहने हाम्रो कुनै पनि उद्धेश्य होइन भन्ने कुरा हामीले पहिलेदेखि नै भन्दै आएका छौं। अविश्वासको प्रस्ताव राखेका दलहरुले नयाँ सरकार बन्न कुनै संवैधानिक व्यवधान नभएको तर्क गरेपनि  प्रधानमन्त्री ओली र उनको दल एमालेले संविधानमा नयाँ सरकार बन्ने व्यवस्था नभएको जिकिर गर्दै आएका थिए।
मन्त्रिपरिषद्को यो सिफारिससँगै ओलीले सिंहदरबार छोड्ने र नयाँ सरकार गठन हुने मार्ग प्रशस्त भएको छ। राष्ट्रपति भण्डारीले आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा  र माओवादी अध्यक्ष पुष्ककमल दाहालसँग छुट्टाछुट्ै भेटी आफूले  विवादमा पर्ने काम नगर्ने बताएकी थिइन्।


Facebook Comment


No ads found for this position