प्रहरी मुख्यालयमा दुई सय अनावश्यक प्रहरी

१० साउन, काठमाडौं । देशभरिका प्रहरी कार्यालयमा जनशक्ति अपुग छ। तर प्रहरी प्रधान कार्यालयमा भने आवश्यकताभन्दा एक सय ९१ जना प्रहरी बढी छन्।तर, मुख्यालयले डेडक्वार्टरमा रहेका अनावश्यक प्रहरीलाई बढी काम भएका कार्यलयमा खटाउन सकेको छैन। नयाँ पत्रिका दैनिकमा समाचार छ।

नीति तथा योजना निर्देशनालयले गत माघ महिनामा त्यससम्बन्धी प्रतिवेदन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई बुझाएको थियो।प्रतिवेदनमा उनीहरुलाई कामको अत्याधिक बोझ भएका जिल्लामा खटाउन सिफारिस गरिएको थियो।तर, ६ महिना बित्दा पनि मुख्यालयले अनावश्यक प्रहरीलाई आवश्यक कार्यालयमा खटाउन सकेको छैन।