यसरी चुनिनेछन् नयाँ प्रधानमन्त्री

१० साउन, काठमाडौं । संसदको नियमावली २०७३ को निमय ४९ अनुसार संसदले प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया सुरु गर्नेछ।

बहुमतीय आधारमा हुने निर्वाचन प्रक्रियाका लागि सभामुखले संसदका महासचिवलाई निर्वाचन अधिकृत तोकी प्रक्रिया अघि बढाउने प्रावधान छ। निर्धारित समयतालिकामा प्रधानमन्त्रीका उम्मेदवारले आफूलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्दै एक–एकजना समर्थक र प्रस्तावक राखी उम्मेदवारी दर्ता गर्नु पर्ने हुन्छ। त्यसपछि संविधानको धारा २९८ को उपधारा ३ बमोजिम संसदको तत्काल कायम रहेको सम्पूणै सदस्य संख्याको बहुमतका आधारमा नयाँ प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था छ।