ओली सरकार ढल्दा दिल्लीमा खुशियाली

काठमाडौं, १० साउन — काठमाडौंमा केपी ओली नेतृत्वको सरकार ढल्दा दिल्लीमा खुशियाली देखिएको छ । भारतीय संस्थापन पक्षको धारणा बोक्ने पत्रिकाको रूपमा चिनिने त्यहाँको प्रख्यात दैनिक द टाइम्स अफ इन्डियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पदच्युत हुनु भारतका लागि सकारात्मक विषय भएको लामो विश्लेषण सोमवारको अंकमा प्रकाशित गरेको छ । द टाइम्स अफ इन्डिया संसारमै सबैभन्दा बिक्री हुने अंग्रेजी दैनिक मानिन्छ ।

indian_media_on_oli-672x448उक्त पत्रिकामा प्रकाशित हुने सम्पादकीय र विश्लेषणले भारतको संस्थापनको आधिकारिक धारणा प्रतिनिधित्व गर्ने मान्यता राखिन्छ । टाइम्स अफ इन्डिया लेख्छ – अविश्वासको प्रस्तावको सामना नगरी ओलीले राजीनामा दिएर प्रचण्ड नेतृत्वको माओवादी—काँग्रेस गठबन्धन सरकारका लागि मार्गप्रशस्त गरेका छन् । ‘यो प्रक्रिया ओलीको राष्ट्रिय र अन्तर्राष्ट्रिय नी तिमाथिको ठूलो झापड त हुँदै हो, यसले नेपालमा भइरहेको चिनियाँ हस्तक्षेपलाई पनि ठूलो धक्का दिएको छ,’ पत्रिकाले लेखेको छ । उक्त पत्रिकाका अनुसार, ओली सरकार विघटनसँगै राष्ट्रपति विद्या भण्डारीले अर्को सरकार गठनका विषयमा संविधानको धारा ३०५ लाई कसरी व्याख्या गर्लिन् भन्ने विषयमा काठमाडौंमा बहस चलिरहेको छ । तर नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अर्को सरकार गठनमा संसदले मात्र निर्णय गर्न सक्छ भन्ने धारणा सार्वजनिक गरेका छन् । उक्त पत्रिकाले ओलीले राष्ट्रपतिलाई दबाब दिएर आफू कामचलाउ सरकारको हैसियतमा पदमा बसिरहन प्रयास गर्न सक्ने आरोप लगाएको छ । तर उनले त्यसो गरे उनको पार्टी एमालेलाई मात्र नभई नेपाललाई घाटा पुग्छ भनेर नेपालको घटनाक्रमलाई नजिकबाट नियालिरहेकाहरूले विश्लेषण गर्ने गरेको पत्रिकाको भनाइ छ । ‘ओलीले सहयोगी दलहरूको समर्थन गुमाउनुमा मधेसीप्रति गरेको विभेद, भूकम्पछिको पुनर्निर्माणका काममा असफलता र उग्र राष्ट्रवादको नारा दिँदै भारतलाई चिढाउँदै चीनसँग नजिकिनु प्रमुख कारण हुन्,’ पत्रिकाले लेखेको छ । पत्रिका अगाडि छाप्छ – भारतले नेपालमाथि नाकाबन्दी लगाएर आलोचना खेप्नुपरेको भएपनि यही नाकाबन्दीका कारण नेपालले समावेशी संविधान बनाउनतर्फ पाइला चालेकाले यो नाकाबन्दी सही थियो । अब प्रचण्ड प्रधानमन्त्री भएपछि संविधानका विभेदकारी धारालाई परिवर्तन गरेर मधेसीलाई विश्वासमा लिन्छन् भन्ने आँकलन गर्दै भारतले उनी नेतृत्वको सरकारलाई पूर्ण समर्थन गर्नेछ, पत्रिकाले भनेको छ । पत्रिकाका अनुसार, चीनले नेपालमा कम्युनिस्ट पार्टीहरूको गठबन्धन बनाएर भारतविरुद्ध परिचालन गर्नका लागि प्रशस्त मेहनत गरेको भएपनि भारतले बेलैमा कदम चालेर यो दुष्प्रयासलाई निस्तेज ग—यो ।  ‘चीनको आडमा भारतविरुद्धको भावना भड्काउन सफल संस्थापन पक्ष भारतको टाउकोदुखाइ हुँदै आएको थियो तर अब भारतले त्यसलाई उल्ट्याउने अपेक्षा गरिन्छ’ पत्रिकामा छापिएको छ ।


Facebook Comment


No ads found for this position