मच्छिन्द्रनाथको रथलाई जावालाखेल पु¥याइयो

ललितपुर, ११ साउन । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको थटिटोलबाट तानेर आज जावालाखेल पु¥याइएको छ ।

machindra jatraलगनखेलको थटिटोलमा अवस्थित रथलाई तानेर कुमारीपाटी हुँदै जावालाखेल पु¥याइएको गुठी संस्थानका निमित प्रमुख वैकुण्ठ आचार्यले बताउनुभयो । रथ जावालाखेल पु¥याइएको चौथो दिन अर्थात् १४ गते हिरामोतीजडित बहुमूल्य प्रसिद्ध भोटो देखाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

राजा नरेन्द्रदेव मल्लको पालादेखि प्रारम्भ भएको रथजात्रा उपत्यकामै लामो जात्राका रुपमा मनाइँदै आएको छ । मच्छिन्द्रनाथको रथयात्रा पुल्चोकवाट सुरु भएर गाःबाहाल, मङ्गलबजार, पाटन सुन्धारा, मिखाबहाल, लगनखेल, थटिटोल, कुमारीपाटी हुँदै जावालाखेल पु¥याएको हो ।


Facebook Comment


No ads found for this position