मापदण्ड बनाएर मन्त्री छान्दै कांग्रेस

१२ साउन, काठमाडौं । कांग्रेसले मन्त्रीहरुको मापदण्ड बनाईँ संस्थागत निर्णय गरेरमात्रै सरकामा पठाउने भएको छ। पार्टीभित्र मौलाएको भागबन्डाको राजनीति अन्त्य गरी मापदण्ड बनाएर मन्त्री छनोट गर्ने तयारीमा सभापति शेरबहादुर देउवा छन्। अन्नपूर्ण पोष्टमा समाचार छ।
Nepali-congress-Flag-8माओवादी नेतृत्वमा कांग्रेस मुख्य साझेदार भएर सरकार गठन हुने निश्चित भएपछि देउवाले मन्त्रीको मापदण्ड तयार गर्न आफू निकटका नेताहरुलाई निर्देशन दिएका छन्।
स्राृतका अनुसार देउवाले सरकारमा सहभागी हुने मन्त्रीहरु के आधारमा छनोट भए भन्ने प्रस्ट पार्ने तयारीमा छन्। देउवाले नयाँ संविधानअनुसार सात प्रदेशबाट एक–एक जना नछुट्ने गरी र समावेशी आधारमा मन्त्री छनोटको तयारी गरेका छन्।
‘मन्त्रीहरु के आधारमा छनोट भए, उनीहरुको शैक्षिक योग्यता, पृष्ठभूमि, विज्ञता र विगतमा अवसर पाए नपाएको सबैलाई समेटेर मापदण्ड बनाउने गरी छलफल सुरु भएको छ,’ देउवा निकट एक केन्द्रीय सदस्यले भने।‘एक दुई दिनभित्र मापदण्ड तयारी हुन्छ। त्यसलाई पार्टीभित्र छलफल गर्ने तयारी छ।’
स्रोतका अनुसार देउवाले पहिलो संविधान सभापछि दुई पटक कांग्रेस सरकारमा सहभागी भएकाले त्यतिबेला मन्त्री बनेकाहरुलाई प्राथमिकतामा नराख्न निर्देशन दिएका छन्। देउवाले महिला, मधेसी, दलित, जनजाति र मुस्लिमबाट एकएक जना मन्त्री बनाउने गरी मापदण्ड तय गर्न आफ्नो टिमलाई निर्देशन दिएका छन्।


Facebook Comment


No ads found for this position