एमाले प्रतिपक्षमा बस्ने

१२ साउन, काठमाडौं । संसदको दोस्रो ठूलो दल एमाले अब प्रतिपक्षमा बस्ने भएको छ। कांग्रेस र माओवादी केन्द्रले दुई ठूलामध्ये एक दल प्रतिपक्षमा बस्नुपर्ने अडान लिएका कारण एमालेले फेरि सरकारमा सामेल हुने सम्भावना नरहेको बताएको छ।

एमालेले पनि त्यसमा चासो दिएको छैन। ‘एमाले अब जिम्मेवार प्रतिपक्षको भूमिकामा बस्छ,’एमाले उपमहासचिव विष्णु पौडेलले भने।प्रतिपक्षमा रहेर पनि संविधान कार्यान्वयनलगायत मुलुकका मुख्य मुद्दाहरुमा रचनात्मक भूमिका एमालेले खेल्ने पौडेलले बताए।