दुई वर्षभित्र उत्तरी नाका सडक सञ्जालमा जोडिने
१४ साउन, काठमाडौं । सरकारले उच्च प्राथमिकतामा राखेको उत्तरतर्फका चार नाका अबको दुई वर्षभित्र सडक सञ्जालमा जोडिने भएका छन्।

विभागका अनुसार निर्माणाधीनमध्ये सबैभन्दा धेरै प्रतीक्षित रसुवाको केरुङ नाका जोड्ने सडक खण्डको निर्माण कार्य दु्रतगतिमा अघि बढेको छ। गल्छी-त्रिशुली -बेत्रावती- मैलुंग (४८ कि.मि.) सडक खण्ड निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ। अवको दुई वर्ष भित्र उक्त सडक दुई लेनको बन्ने छ । यसका लागि एक अर्व १० करोड रुपैयाँ बजेट बिनियोजन भइसकेको छ। मैलुंग-स्याफ्रुवेशी खण्ड १८ कि.मि. सडक भने नेपाली सेनाले ट्याक खन्ने काम गर्दैछ।
ट्रयाक अवको डेड वर्षभित्र खनि सकिनेछ। त्यस लगतै उक्त सडक दुई लेनको हुने गरि कालो पत्रे गरिनेछ।स्याफ्रुवेशी-रसुवागढी सम्मको १६ कि.मि. सडक खण्ड भने चिन सरकारले निर्माण गरिदिने छ। यसका लागि चिनियाँ सरकारबीच सहमति भइसकेको छ।