बाघ पाल्ने परिवार

मानिसले सोखका लागि विभिन्न घरपालुवा जनावर पाल्छन् । कुकुर, बिरालो आदि । तर, एउटा ब्राजिलको परिवारले भने बाघ पालेको छ, त्यो पनि एउटा होइन, सातवटा ।

tiger1 सातैवटा बाघ पूर्ण वयष्क हुन् । ब्राजिलको मारिंगामा बस्ने सो परिवारले १० वर्षदेखि बाघ पाल्न थालेको हो । परिवारका सदस्य बाघसित मज्जाले खेलिरहेका हुन्छन् । बाघसितै खानपिन गर्ने र पौडी खेल्ने पनि गर्छन् । केटाकेटी बाघको ढाडमा चढेर मज्जाले घुम्छन् । परिवारका मुली ऐरी बोर्गेसले १० वर्षअघि सर्कसबाट दुइटा बाघ उद्धार गरेर ल्याएका थिए । ती बाघले जन्माएका पाँच सन्तान पनि अहिले ठूला भइसकेका छन् । उनीहरूलाई परिवारको सदस्यसरह गरेर पालनपोषण गरिएको छ । ऐरीले चाँडै एउटा ‘इको पार्क’ स्थापना गर्ने योजना बनाएका छन्, जहाँ उनका बाघ निष्फिक्री भएर घुम्न सक्नेछन् ।

tiger-660x330


Facebook Comment


No ads found for this position