दुई घण्टा लगाएर सर्पको सर्जरी गर्दा

दुई घन्टाको कठिन अप्रेसन, दुईपटक एनेस्थेसिया र १० टाँका । अनि बल्ल बाँच्यो ज्यान । यस्तो कुरा सुन्दा झट्ट कोही मान्छेको गम्भीर अप्रेसन होला भन्ने सोचिन्छ ।

snakeतर, यसपटक यो सोचाइ गलत हुन सक्छ । यो अप्रेसन कुनै मानिसको नभई एउटा सर्पको हो । झन्डै मानिसको सर्जरीसँग मिल्ने यो अप्रेसन भारतमा गरिएको हो । पशु चिकित्सकले एउटा सर्पको शरीरमा अड्किएको प्लास्टिक डिब्बा निकाल्न यो अप्रेसन गरेका हुन् । यो कुरा बिल्होली गाउँको हो । सर्पले प्लास्टिक डिब्बा निलेको देखेपछि गाउँलेले त्यहाँका सर्पमित्र भनेर चिनिने अनन्त वालेलाई जानकारी दिए । एउटा कुवामा फसेको सर्पलाई अनन्तले निकालेर सरकारी पशु चिकित्सालय पुर्‍याए । सर्पलाई गम्भीर अवस्थामा देखेपछि चिकित्सकले तुरुन्त अप्रेसन गर्ने निर्णय गरे ।

अप्रेसन गर्दागर्दै सर्प होसमा आएपछि दोस्रोपटक एनेस्थेसिया दिइयो । र, दुई घन्टा अप्रेसन गरेपछि सर्पको शरीरबाट प्लास्टिकको डिब्बा निकालियो । अप्रेसन गरिएको यो धामन सर्पलाई अहिले जंगलमा छाडिएको छ, तर डेढ महिना त्यो सर्प चिकित्सकको निगरानीमा रहनेछ ।

snake e


Facebook Comment


No ads found for this position