चीनसँको सम्झौता उल्ट्याए सशक्त प्रतिवाद: प्रधानमन्त्री ओली

१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग भएका सम्झौता उल्ट्याउने प्रयास आगामी सरकारले गरेमा त्यसविरुद्ध आफू लागि पर्ने चेतावनी दिएका छन्।

मदनभण्डारी फाउन्डेसनले शुक्रवार आयोजना गरेको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले भने,‘अहिले हाम्रो मुलुकमा विचित्रको स्थिति छ। विदेशीले यसो गर उसो गर भन्छटन्। म भन्छु हाम्रा मित्रहरुले मित्रको स्थानमा बसेर हामीसँग व्यवहार गरुन्। छौंडा खेलाएर रातदिन दुःख दिने होइन। अत्यन्तै बेठीक तरिका हो त्यो।’
दक्षिणी छिमेकी भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेत्रप गर्ने गरेको तर्फ प्रधानमन्त्री ओलीको आक्रोश थियो। उनले स्वतन्त्र देशका हिसावले चीनसँग भएका स्म्झौतामा अब बन्ने सरकारले जे पायो त्यही गर्न नसक्ने बताए।
उनले भने,‘सरकार सचेत जनताको घेरामा हुनेछ। सरकार चल्ने त नेपालमै हो। बाहिर गएर सरकार चल्ने त होइन होला नी? नयाँ पिँढी यसरी जागेको छ, तलमाथि गर्न सकिने सम्भावना छैन।’