१ सय ६० दिनपछि तारा एयर विमान दुर्घटनाको सार्वजनिक गर्दै

सुरज कुँवर

१६ साउन, काठमाडौं । पोखराबाट जोमसोम उड्दै गरेको तारा एयरको टुइनअटर विमान दुर्घटनाबारे छानबिन गर्न गठन गरिएको जाँच आयोगले १ सय ६० दिनपछि आज दिउँसो सिंहदरबारमा प्रतिवेदन सार्वजनिक गर्दै छ ।

गत फागुन १२ गते म्याग्दीको दाना गाविसको सोलिघोप्टेभिरमा दुर्घटनाग्रस्त उक्त विमानमा सवार चालकदलसहित २३ जनाकै मृत्यु भएको थियो ।

घटना सम्बन्धि जाँच आयोगका एक सदस्यका अनुसार, प्रतिवेदनले जहाजको प्राविधिक पक्षका कारण नभई मानवीय पक्ष (चालकदल)को मुख्य कमजोरी रहेको औंल्याएको छ । ती सदस्यका अनुसार, त्यस दिन जहाज उड्नकालागि मौसम अनुकुल थिएन ।

पोखरामा रहेको मौसम विभागमातहतको निकायले जहाज उड्नकालागी दिएको भिजिविलिटी (दृश्यता) रिपोर्ट र नागरिक उडड्यन प्राधिकरण पोखराका एयर ट्राफिक (एटीसी)ले पाइलटलाई टिपाएको भिजिबिलिटीमै एक किलोमिटरको अन्तर छ ।

‘मौसम विभागले त्यसदिन चार किलोमिटर मात्रै भिजिबिलिटी भनेको छ, तर एटीसीले ५ किलोमिटर भिजिबिलिटी भन्दै जहाजलाई छाडिदिएको छ,’ केही समयअघि उड्डयन सम्बन्धी सिनामंगलमा भएको एक कार्यक्रममा मन्त्रालयका सहसचिव सुरेश अचार्यले भनेका थिए । आयोगका सदस्य सचिव समेत रहेका आचार्यका अनुसार, आन्तरिक रुटमा जहाज उड्न कम्तीमा ५ किलोमिटर सफा भिजिबिलिटीको आवश्यकता पर्छ । जुन पोखरामा त्यसदिन थिएन ।

कुनै पनि रुटमा जहाज उड्दा वैकल्पिक विमानस्थल खुला हुनुपर्छ । तर पोखरा जोमसोमरुटकालागि सिफारिस गरिएको भैरहवा विमानस्थल त्यसदिन बिहान खुला थिएन । ‘क्याप्टेन रोशन मानन्धरले यो विषयको हेक्का नराखेरै जहाज उडाएको देखिन्छ,’ अर्का एक सस्दयले कान्तिपुरलाई भने यदी जहाजले आपतकालिन अवतरण गर्नुपरे पोखरा र जोमसोम दुवै विमानस्थल बन्द भएको अवस्थामा नजिकैको वैकल्पिक विमानस्थल खुला हुनुपर्छ ।

अर्का सदस्यले मौसमबारे क्याप्टेन मानन्धरभन्दा कोपाइलट डिकेश नेम्कुल सजग रहेको सुनाए । ‘कोपाइलटको त्यस बिहान उड्ने मुड देखिँदैन,’ स्रोत भन्छ, ‘सीभीआर सुन्दा कोपाइलटले नउड्नेकी भन्ने आशयमा कुरा गरेको थाह हुन्छ ।’ त्यसो त अघिल्लो दिन पनि क्याप्टेन रोशन मानन्धरले पोखरा जोमसोम जहाज उडाएका थिए । जुन उड्न योग्य नदेखीएको स्रोत भन्छ ।

नेपालमा १८ हजार घन्टाभन्दा बढी टुइनअटर उडाएका ती क्याप्टेनले अघिल्लो दिनको उडान पनि जर्बजस्ती भएको देखिन्छ । त्यो रुट उपकरण हेरेर (आइएफआर) उडान नमिल्ने रुट हो । दुर्घटना भएको दिन जहाज घोडेपानीदेखि माथी आइएफआरमा उडेको छ ।

‘हेरेर अर्थात सफा मौसममा मात्रै उड्न मिल्ने रुटमा ती क्याप्टेनले आइएफआरमा जहाज उडाएका छन् । जहाज घोडेपानीपछि बादल छल्न रुटबाट धेरै बाहिर पुगेको छ,’ स्रोतले भन्यो, ‘रुटमा इन एण्ड आउट हँुदै जहाज उडेको छ । जहाजमा भएको प्रविधिले नजिकै पहाड आएको संकेत गर्दै ‘पुलअप–पुलअप’ भनेको छ तर यस्बारे चालकदलले हेक्का नै राखेको देखीएन ।’

अर्को सबैभन्दा खतरा विषय त्यसदिन जहाजको कमान्ड कोपाइलट नेम्कुलको हातमा थियो । ‘मौसम खराब भएको अवस्थामा जहाजको कमान्ड क्याप्टेनमा हुनुपर्ने हो । तर ‘परफेक्ट’ भइनसकेको कोपाइलटले जहाज उडाइरहेका थिए,’ स्रोतले भन्यो, ‘तलमाथि दायाँबायाँ केही देखीएको छैन । ककपिटबाट भुगोल नजिकै भएपछि चेतावनी दिने ईजीपीडब्लुएस सिस्टमले ‘टेरेन…पुलअप–पुलअप…’ भन्दै सजगता गराइरहेको छ । तर जहाज उठाइएको छैन यो चरम लार्पवाही हो ।’

स्रोतले बताएअनुसार कोपाइलटको हातबाट क्याप्टेन मानन्धरले अन्तिम केही सेकेन्ड जहाजको कामन्ड लिन्छन् तर करिब ३० सेकेन्डपछि जहाज दाना गाविसको सोलिघोप्टेभिरमा ठोक्किन पुग्छ । ‘त्यो परिस्थतीमा जहाजलाई नत दायाँ न बायाँ मोड्न सकिने अवस्था थियो,’ स्रोतले भन्यो ।


Facebook Comment


No ads found for this position