सुदूरपश्चिमको बन्द यातायात खुल्यो

कञ्चनपुर, १७ साउन । सुदूरपश्चिमका आठ वटा बस व्यवसायी समितिले दुई दिनदेखि गरेको यातायात बन्द आज बिहानैदेखि खुलेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा गएराति अबेरसम्म बसेको सर्वपक्षीय बैठकमा झडपपछि पक्राउ परेका मजदुरको रिहाइ, बडिमालिका यातायातका अध्यक्षसहितका पदाधिकारीलाई एक साताभित्रै धनगढी बोलाएर वार्ता गर्ने सहमति भएपछि बन्द यातायात खुलेको हो ।

सहमति भएपछि यातायात बन्दका कार्यक्रम फिर्ता लिइएको सुदूरपश्चिम यातायात व्यवसायी समितिका अध्यक्ष टेकराज जोशीले बताउनुभयो ।

सर्वपक्षीय बैठकमा बडिमालिका यातायात प्रालिका पदाधिकारीसँग वार्ता नभएसम्म बडिमालिका यातायातले बस सञ्चालन गर्न नपाउने सहमति भएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो ।


Facebook Comment


No ads found for this position