‘लाखौँ पर्यटकको गन्तव्य लुम्बिनी’

काठमाडौँ, १७ साउन । उपराष्ट्रपति नन्दबहादुर पुनले शान्तिका अग्रदूत भगवान् गौतम बुद्घ र उहाँको जन्मस्थल लुम्बिनी विश्वका लाखौँ पर्यटकको गन्तव्य भएको बताउनुभएको छ ।

Nanda-Bahadur-Pun‘टुरिज्म हेडलाइन डट कम’को चौँथो वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “नेपालको संस्कृति तथा धर्म, नदी, नाला, ताल, हिमशृङ्खला आदि विश्वका पर्यटकलाई लोभ्याउने सुन्दरता मात्र नभई आर्थिक समृद्धिको आधारशीला हो ।” उहाँले आर्थिक समृद्धि हासिल गर्न सरकारले तीनखम्बे रणनीति अवलम्बन गरेको बताउनुभयो ।

टुरिज्म हेडलाइनका प्रधानसम्पादक दीवाकर अर्यालले नेपालमा पर्यटनको सम्भावनालाई विश्व बजारमा पु¥याउने उद्देश्यले आफूले अनलाइन सुरु गरेको बताउनुभयो ।

ठमेल पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रामशरण थपलियाले नेपालको पर्यटन आधारलाई विकास गर्न सरकारको विशेष ध्यान जानुपर्ने बताउनुभयो । ट्रेकिङ एजेन्सीज् एसोसियसन नेपाल (टान)का अध्यक्ष चन्द्र रिजालले टानले नेपालमा पर्यटनको विकास गर्न स्थापना कालदेखि नै ठूलो योगदान गर्दै आएको चर्चा गर्नुभयो । टानका पूर्वअध्यक्ष रमेश धमलाले नेपालमा पर्यटनको सम्भावना र चुनौतीका बारेमा चर्चा गर्नुभयो ।

सो अवसरमा उपराष्ट्रपति पुनले पर्यटनका क्षेत्रमा लामो समयसम्म संलग्न १७ जनालाई नेपाल पर्यटन पुरस्कार वितरण गर्नुभएको थियो ।


Facebook Comment


No ads found for this position