पेट्रोलियम पदार्थको मूल्य घट्यो

१८ साउन, काठमाडौं ।  नेपाल आयल निगमले करिब साढे ६ महिनापछि पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य घटाएको छ। आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोलमा २ रुपैयाँ, डिजलमा २ रुपैयाँ र मट्टितेलमा २ रुपैयाँ घटेको छ। एलपी ग्यासमा निगमले करिब एक वर्षपछि २५ रुपैयाँले घटाएको छ।
petrol-oil-pump-tel-768x480मङ्गलबार साँझ बसेको निगमको बैठकले मूल्य घटाएसँगै पेट्रोल अब प्रतिलिटर ९७ रूपैयाँमा पाइन्छ भने डिजेल र मट्टितेल ७३ रुपैयाँमा बजारमा उपलब्ध हुनेछ।
त्यस्तै एलपी ग्यास प्रतिसिलिण्डर १३ सय ७५ रुपैयाँमा उपभोक्ताले पाउने छन्। मूल्य समायोजन हुनुभन्दा पहिले प्रतिलिटर पेट्रोल ९९, डिजेल ७५, मट्टितेल ७५, एलपी ग्यास १५ सय रुपैयाँ रहेको थियो।
मूल्य समायोजन नभएको आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर १ सय ९ र बाह्यतर्फको हवाई इन्धन प्रतिकिलो लिटर ८ सय ८१ अमेरिकी डलर रहेको रहेको छ।
यसअघि निगमले माघ ४ गते पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा भने भदौ १५ गते प्रतिसिलिन्डर ३५ रुपैयाँले घटाएको थियो।


Facebook Comment


No ads found for this position