पर्यटन क्षेत्रमा लगानी गर्ने चीनको प्रतिबद्धता

काठमाडौँ, २० साउन । मित्रराष्ट्र चीनको छन्डु एसोसिएसन अफ फरेन इकोनोमिक एन्ड ट्रेड कोपरेसनले नेपालमा विशेषगरी जलविद्युत्, पर्यटन, कृषि क्षेत्रमा लगानीका लागि प्रतिबद्धता व्यक्त गरेको छ ।

nepal chin flagनेपाल चेम्बर अफ कमर्स तथा ट्रेड कोपरेसनद्वारा आयोजित पत्रकार सम्मेलनमा कोपरेसनका महासचिव छेन स्याओको नेतृत्वमा नेपाल भ्रमणमा आएका १६ सदस्यीय व्यापारिक प्रतिनिधि मण्डलले नेपालको ऊर्जा उत्पादन तथा अन्य क्षेत्रमा प्रचूर सम्भावना रहेकाले चीनको लगानीको प्रतिबद्धता व्यक्त गरेका हुन् ।

महासचिव स्याओले यस भ्रमणबाट सम्बन्ध अझ मजबुत हुने तथा दुवै देशको आर्थिक व्यापारिक सम्बन्ध अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली व्यवसायीसँग द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्ने जस्तो महत्वपूर्ण विषयमा छलफल गर्न पाएको र नेपालमा चाँडो लगानी गर्न आवश्यक वातावरण मिलाइदिन आग्रह गर्नुभयो ।

स्याओले छन्डु सहरमा नयाँ विमानस्थल निर्माण भइरहेको र यसबाट पर्यटक आदानप्रदानमा व्यापक वृद्धि हुने र व्यापार, लगानीमा समेत वृद्धि हुने र यस भ्रमणमा जलविद्युत्, पर्यटन, विद्युतीय सामग्री उत्पादनका क्षेत्रका व्यापारीको संलग्नता भएकाले नेपालमा लगानी गर्न आतुर रहेको बताउनुभयो ।

सो अवसरमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले सदियौँ पुरानो दुई देशबीचको सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै दुवै मुलुकबीच लगानी वृद्धि, आर्थिक व्यापारिक सम्बन्ध विस्तारका लागि आग्रह गर्नुभयो । उहाँले छन्डु सहरमा हुने व्यापार मेलामा नेपाली हस्तकलाका उत्पादन रुचाइएको हुँदा मुख्य सहरमा नेपाली उत्पादनको प्रदर्शन कक्ष उपलब्ध गराउन अनुरोध गर्नुभयो ।


Facebook Comment


No ads found for this position