बिमलेन्द्र निधिको नेतृत्वमा तीन जना कांग्रेसबाट सरकारमा जाने

साउन २० । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले प्रचण्ड नेतृत्वको नयाँ सरकारमा बिमलेन्द्र निधिको नेतृत्वमा तीन जनालाई पठाउने भएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्री र नेतृत्व चयनका लागि प्रभावशाली केन्द्रीय सदस्य र पदाधिकारीको बैठक बोलाएका थिए।
बिहीबार बिहान डाकिएको बैठकले सरकारमा सहभागी हुने तीन जना मन्त्रीको टुंगो लगाएको हो।
सरकारको नेतृत्वका विषयमा पार्टीभित्र आकांक्षी बढी भएपछि सबैसँग सल्लाह गरी निर्णयमा पुग्न देउवाले बैठक डाकेका हुन्। गृह र परराष्ट्रसहित १३ मन्त्रालय दाबी गरेको कांग्रेसका तर्फबाट निधिसहित अर्जुननरसिंह केसी, रमेश लेखक मन्त्री बन्ने टुंगो लागेको हो।
लेखकलाई भौतिक योजना तथा निर्माण मन्त्रालय दिने भएपनि अरूको टुंगो लागिसकेको छैन।
नयाँ सरकार गठनका लागि सातबुँदे सहमति गरेका कांग्रेस र माओवादीबीच यसअघि १३ र ९ मन्त्रालय लिने समझदारी भएको थियो ।


Facebook Comment


No ads found for this position