ठमेलस्थित नर्सिङ चोकमा आगलागी

२३ साउन, काठमाडौं । काठमाडौंको ठमेलस्थित नर्सिङ चोकमा आगलागी भएको छ । नर्सिङ चोकस्थित दुर्गालाल श्रेष्ठको घरमा आगलागी भएको हो ।श्रेष्ठको कपडा गोदाममा विद्युत सट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
गोदाममा भण्डारण गरेर राखिएका आधा जति कपडा जलेको र ७०-८० लाख मूल्य बराबरको क्षति भएको श्रेष्ठले बताएका छन् ।
बिहान पौने १० बजेतिर लागेको आगो दमकल र सोह्रखुट्टे प्रहरीको सहयोगमा २० मिनेटभित्र नियन्त्रणमा लिइएको सोह्रखुट्टे वृत्तका डिएसपी सोमेन्द्रसिंह राठोरले जाानकारी दिए । समयमै प्रहरी र दमकल पुगेकाले धेरै क्षति हुन नपाएको उनले बताए ।
आगो निभाउन जुद्ध वारुण यन्त्रका दमकमल, नेपाली सेना, प्रहरी र स्थानीयबासी खटिएका थिए ।