नेपाल र चिनियाँ व्यवसायीबीच पर्यटक आदानप्रदान गर्ने सम्झौता
२३ साउन, काठमाडौं । नेपाल होटल एसोसिएसन(हान) र चिनियाँ होटल एसोसिएसनबीच पर्यटकहरु आदानप्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ। हानका वरिष्ठ उपाध्यक्ष अमरमान शाक्यको नेतृत्वमा ५३ सदस्यीय प्रतिनिधि मण्डलको जुलाई २४ देखि ३१ सम्म भएको चीन भ्रमणका क्रममा उक्त सम्झौता भएको हो।
![nepal chin flag](http://www.ghumphir.com.np/wp-content/uploads/2016/06/nepal-chin-flag-1.jpg)
‘भूकम्पपछिको अवस्थामा जुन आशंका थियो, त्यसलाई चिर्नको लागि हामीले नेपालको पर्यटनको बारेमा त्यहाँका पर्यटन व्यवसायीहरुसँग छलफल गरेका छौँ र नेपाल सुरक्षित छ भन्ने कुरामा विश्वा दिलायौँ’ शाक्यले उल्लेख गरे। व्यवसायी मात्रै नभई सरकारले पनि पर्यटन प्रवद्र्धनका लागि चीनमा विशेष कार्यक्रमहरु गर्नुपर्नेमा उनको जोड छ।