सेनाको ब्यारेकभित्रैबाट हतियार हराए

२४ साउन, काठमाडौं । नेपाली सेनाको सुदूरपश्चिम पृतनाबाट एसएमजीसहित दुईवटा गोली भरिएका म्यागेजीन हराएपछि सेनाभित्र खैलाबैला मच्चिएको छ ।

hatiyarदिपायलमा सुरक्षार्थ खटिएको गरुडदल गणको एक टुकडीको हतियार शुक्रबार हराएको बताइएको छ । तर सेनाले यसको आधाकारिक पुष्टि गरेको छैन ।

हतियार हराएपछि छानबिनका लागि नेपाली सेनाको एक टोली हेलिकप्टरमार्फत दिपायल पुगेको  छ । पृतनाबाट सटमेसिन गन -एसएमजी) एक थान र त्यसमा लोडेड दुई वटा म्यागजिन हराएपछि छानविनका लागि टोली दिपायल पुगेको हो ।

यसबारेमा बुझ्न खोज्दा नेपाली सेनाका प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले भने, ‘अहिले नै हराएको भन्न मिल्ने अवस्था होइन। मिसपेलेस पनि हुनसक्छ । यसबारेमा हामी छानबिन गरिरहेका छौं। एकिन भएपछि के भएको हो भनेर हामी जानकारी दिन्छौं ।’

हतियार भण्डारण गर्ने कोतको ताला तोडिएको अवस्थामा भेटिएको र शुक्रबार हतियार हराएको खुलेको थियो । हतियार गन्दा एसएमजी फेला नपरेकाले छानबिन सुरु भएको सैनिक स्रोतको दाबी छ ।

तर हतियारसहित सैनिक जवान फरार भएको खबर बाहिर आएपनि सेनाले उक्त कुरा झुटो भएको र आफनो कुनै पनि सैनिक जवान फरार नभएको दाबी गरेको छ । सैनिक अधिकारीसँग यस बिषयमा बयान लिने तथा सोधपुछ गर्ने काम भईरहेको स्रोतले बतायो ।


Facebook Comment


No ads found for this position