रुकुम–डोल्पा सिमानामा गाडी

दुनै (डोल्पा), २४ साउन । जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत डोल्पा र रुकुमको सिमानामा पर्ने त्रिवेणी बजारमा गाडी पुगेको छ ।
आइतबार प्रधानसेनापति राजेन्द्र क्षत्रीद्वारा रुकुमकै मन्काबगरदेखि त्रिवेणीसम्मको दुई किलोमिटर लामो सो सडकखण्डको उद्घाटन गर्नुभएको हो । त्रिवेणीसम्म गाडी पुगेपछि तल्लो डोल्पाका कालिका, सर्मी, नर्कुलगायत गाविसका सर्वसाधारण प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

दुई घन्टामै गाडी भेटाइने भएपछि आवतजावत तथा सामान ढुवानीका लागि सहज हुने तल्लो डोल्पाका स्थानीयवासीले बताएका छन् । जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत ११७ किलोमिटर सडकमध्ये १०४ किमी सडकको ट्र्याक खुलाएर सर्वसाधारणको सहजताका लागि जिप, ट्र्याक्टरलगायतका सवारी साधन सञ्चालनमा ल्याइएको नेपाली सेनाले जनाएको छ । बाँकी करिब १८ किमी सडक निर्माणका लागि सेनाले काम गरिरहेको छ । त्रिवेणीसम्म गाडी पुगेपछि डोल्पालीमा खुसियाली छाएको छ ।


Facebook Comment


No ads found for this position