हेर्नुहोस् ओलम्पिकमा अहिलेसम्म कसले कति पदक पाए

gold medel olympic२४ साउन, काठमाडौं । ब्राजिलमा जारी रियो ओलम्पिकको पदक तालिकामा तीन स्वर्णसहित १२ पदकका साथ अमेरिका पहिलो स्थानमा उक्लिएको छ।

नेपाली समय अनुसार दिउँसो १ बजेसम्मको पदक तालिकामा तीन स्वर्ण नै जोड्न सफल चीन दुई रजत र तीन काँस्यका ८ पदकसहित दोस्रो तथा ३ स्वर्ण मात्र जितेको अष्ट्रेलिया तेस्रो स्थानमा छन्।

जारी ओलम्पिकमा दुई स्वर्ण जित्ने इटाली, दक्षिण कोरिया र हंगेरी क्रमश चौथो, पाँचौ र छैठौं स्थानमा छन्।

अहिलेसम्म कुल १७ राष्ट्रले स्वर्ण पदक जितिसकेका छन्।

ओलम्पिक पदक तालिकामा ३१ देशले पदक प्राप्त गर्दा दक्षिण एसियाका कुनै पनि मुलुकले खाता खोलेका छैनन्।

क्र.सं. देश स्वर्ण रजत कास्य कुल


Facebook Comment


No ads found for this position