नेपालगञ्जमा ८ करोड लगानीमा ‘बागेश्वरी क्यूएफएक्स’

नेपालका हलहरु विस्तारै परिवर्तन हुन थालेका छन् । आरामदायी र सफा हलमा दर्शक जान थालेपछि अब काठमाण्डौ बाहिरका हल संचालकहरु पनि परिवर्तित भएका छन् । जसकाकारण, हलको अपग्रेडका साथै नयाँ नयाँ हल थपिदैछन् ।

नेपालगञ्जमा रहेको बागेश्वरी हल अब ‘बागेश्वरी क्यूएफएक्स सिनेमा’मा परिवर्तन भएको छ । करिब ८ करोडको लगानीमा यो हलको अनुहार परिवर्तन गरिएको हो । शुक्रबारदेखि यो हल संचालनमा आएको नेपालगञ्जका चलचित्र पत्रकार रामचन्द्रले जानकारी दिएका छन् । उनका अनुसार यो हलमा ६७५ सिट छन् । २ पर्दा रहेको हलमा अब दर्शकले आरमदायी रुपमा चलचित्र हेर्न पाउने हल संचालक रामनारायण श्रेष्ठले बताएका छन् ।

काठमाण्डौमा अहिले मल्टिप्लेक्स हलमा दर्शकको चाप उच्च देखिन थालेको छ । काठमाण्डौ बाहिर पनि दर्शकको चाहना अनुसार हलको अपग्रेड र विस्तार हुन थालेको छ । हलले नेपाली चलचित्रलाई उच्च महत्व दिएको खण्डमा युसले चलचित्र क्षेत्रलाई ठूलो फाइदा गर्नेछ ।


Facebook Comment


No ads found for this position