अष्ट्रेलियामा हुने बौद्धिक अपांगता सम्मेलनमा नेपालबाट पनि सहभागिता रहने

काठमाडौं । बौद्धिक अपांगता अर्थात अटिजमहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालबाट बिशेष स्कुल तथा पुनःस्थापना केन्द्र (SSDRC) को प्रतिनिधित्व रहने भएको छ ।

संस्थाकी सन्चालिका सबिता उप्रेती, अटिजम बालक १३ बर्षीय आदेशराज काफ्ले र २० बर्षीय आलिसाको सहभागिता रहनेछ । सम्मेलनमा एड नेपालकी डाक्टर सिकसिता श्रेष्ठको पनि सहभागिता रहनेछ ।

सम्मेलनमा बिभिन्न देशका अपांगताका क्षेत्रमा काम गर्ने संघ संस्था र अपांगता भएका व्यक्तिहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपालबाट पहिलो पटक बोद्धिक अपांग बालक आदेशराज काफ्नेले कार्यपत्र प्रस्तुत गर्न लागेका छन् ।

दोलखाकी सविताले ६ बर्षदेखि सुरु गरेको पुनःस्थापना केन्द्रमा ६० जना बौद्धिक अपांगता भएका बालबालिकाले आश्रय लिइरहेका छन् । संस्थाले उनीहरुको उपचारका साथै शिक्षा र सीपमुलक तालिमपनि दिइरहेको छ ।


Facebook Comment


No ads found for this position