सिम्रिक एयरका सबै जहाज ग्राउन्डेड

काठमाडौँ, ३२ साउन । सेवा सञ्चालन इजाजत नविकरण नगर्दा सिम्रिक एयरका सबै जहाज ग्राउन्डेड भएका छन्। थप गरिएको समयमा पनि नविकरण नगरेपछि उसका चारवटै विमान ग्राउन्डेड भएको नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक रामचन्द्र सुवेदीले बताए।

लुक्ला, पोखरा, भैरहवा, जोमसोमलगायतका स्थानमा दैनिक उडान गर्ने सिम्रिक एयरलाइन्ससँग दुई/दुईवटा डोर्नियर र बिचक्राफ्ट गरी चार विमान छन् ।