यसरी लिन सकिन्छ एनसेलमा ५० मिनेटको टक टाइम र ५ सय एसएमएस निशुल्क
काठमाडौँ, ३२ साउन ।एनसेलले नयाँ ब्राण्डको अनावरणसँगै आजबाट लागु हुने गरी आफ्ना ग्राहकका लागि नयाँ योजना ल्याएको छ, जस अन्तर्गत एनसेलका सम्पूर्ण ग्राहकले अन नेट ५० मिनेटको टक टाईम तथा ५०० एसएमएस निःशुल्क प्राप्त गर्न सक्छन् ।
एनसेलका सबै ग्राहकले एष्ट्रिक्स १७१२१ ह्यास डायल गरी यो योजनामा निःशुल्क सहभागी हुन सक्छन् र प्राप्त ५० मिनेट टक टाईम तथा ५०० एसएमएस एनसेलको कुनै पनि अर्को नम्बरमा कल गर्न र एसएमएस पठाउन प्रयोग गर्न सक्छन् । यसरी प्राप्त टक टाईम र एसएमएसको समयावधि एक हप्ताको रहेको छ ।