केरुङ जान चालकलाई सहज वातावरण

रसुवा, १ भदौ । आफ्नो सवारीसाधन लिई चालकहरु केरुङ जाने सहज वातावरण बन्दै गएको छ ।

kerung-borderप्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीका अनुसार व्यापार–व्यवसायको सिलसिलामा सामान बोक्ने ट्रक कन्टेनर चलाई चालक आफैँ केरुङ पुग्ने वातावरणका लागि प्रमुख राजनीतिक दल एवम् व्यवसायी समेतको सुझावबाट पहिलो चरणअन्तर्गत १५० कोटा उपलब्ध गराउन केन्द्रीयस्तरमा सिफारिस गर्ने तयारी भएको हो ।

विसं २०७२ सालको भूकम्पपछि रसुवावासीबाहेक अन्य जिल्लाका चालक मितेरीपुलबाट चीनतर्फ जान नपाइरहेको अवस्थामा परराष्ट्र मन्त्रालयमार्फत केरुङ जाने पासको कोटा माग भइरहेकाले जिल्लास्तरको सिफारिसको तयारी भइरहेको बताइएको छ । उहाँका अनुसार पहिलो चरणमा कति कोटा स्वीकृत हुन्छ, चालकले कत्तिको राम्रो काम गर्छन्, राम्रो काम गर्दै गएभने केरुङपासको कोटा बढ्ने सम्भावना छ ।

यस्तै, केरुङ नाकामा आफ्नो मातहतबाट ट्रक, कन्टेनर सञ्चालन गराउने आठवटा व्यवसायीबीच कार्यएकता गर्ने आपसी सहमति भएकाले कोटा स्वीकृत भएपछि आपसी सहमतिबाटै अगाडि बढ्ने ट्रक, कन्टेनर व्यवसायीका एक सदस्य पेम्वा तामाङले बताउनुभयो ।
–––––––


Facebook Comment


No ads found for this position