अविरल यादव खरेल–२०७३’ सम्पन्न

काठमाडौँ,  चलचित्र निर्देशक तथा गीतकार यादव खरेलले लेख्नुभएका गीत प्रस्तुतिको श्रृङ्खला ‘अविरल यात्रा २०७३– यादव खरेल सम्पन्न भएको छ ।

हिडन ट्रेजरको आयोजना सोमबारदेखि आयोजित दुई दिने कार्यक्रममा पुराना पुस्ताले गाएका गीत नयाँ पुस्ताले प्रस्तुत गरेका थिए ।

पुराना पुस्ताका गायक योगेश वैद्य, फत्तेमान राजभण्डारी, भुपिन्दर सिंह, उदितनारायण झा, लोचन भट्टराई, देविका बन्दना, आशा भोषले, कविता कृष्णामूर्ति, उदय सोताङ, अनुप जलोटा, अभिजित र जुनु रिजालले गाएका गीत नयाँ पुस्ताका गायक सत्यराज÷स्वरुपराज आचार्य, मिलन अमात्य तथा पुराना पुस्ताकै योगेश वैद्य, लोचन भट्टराई, देविका बन्दना, कुन्ति मोक्तान, उदय सोताङले प्रस्तुत गर्नुभएको थियो ।

सङ्गीतकार नातिकाजी, नारायणगोपाल, शम्भुजीत बाँस्कोटा, शिवशङ्कर, शक्ति बल्लभ, राजु सिंहलगायतले सङ्गीत भर्नुभएका १७ वटा गीत कार्यक्रममा प्रस्तुत गरिएका थिए ।

गीतकार खरेलले भन्नुभयो– “मैले २०२२÷२३ सालदेखि लेखेका गीत परेका छन् यो साङ्गीतिक यात्रामा । यो साङ्गीतिक यात्राले पुराना पुस्तालाई नयाँ पुस्ताले कसरी हेरेको छ भन्ने पनि देखिन्छ ।” रासस


Facebook Comment


No ads found for this position