तीर्थयात्रीको मृत्यु

मेलम्ची (सिन्धुपाल्चोक), १ भदौ । धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्डमा जनै पूर्णिमामा लाग्ने मेलामा स्नान गर्न जाने क्रममा मङ्गलबार साँझ एकजनाको मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नपा–१७ घर भएका ३३ वर्षीय सुवास भेटवालको मृत्यु भएको हो । गोसाइँकुण्ड जाने क्रममा नुवाकोट जिल्लासँग सिमाना पर्ने इचोक गाविस–९ कुटुमसाङ भन्ने स्थानमा बाटोमा हिँड्दाहिँड्दै एक्कासि ढलेका उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नीरज डाँगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मङ्गलबार साँझ नै घटनाको जानकारी आएको भए पनि अविरल वर्षाका कारण घटनास्थलमा प्रहरी जान नसकेको पनि मृतकका आफन्तसहित आज बिहान ४ बजे प्रहरी टोली त्यसतर्फ गएको छ ।

गोसाइँकुण्ड जाँदा उच्च स्थानमा अक्सिजन कम पाइने र लेक लाग्ने हुँदा चिसो पानी नखान र अदुवा, लसुन, मरिचजस्ता वस्तु प्रयोग गर्नको निम्ति सर्वसाधारणमा प्रहरीले अनुरोध गरेको छ ।


Facebook Comment


No ads found for this position