खोकना पुननिर्माणका लागि ‘राइड काष्ठमण्डप टु खोकना’ साइक्लिङ हुने

cyclingकाठमाडौं, १ भदौ–भुइँचालोबाट क्षतिग्रस्त ललितपुरको खोकना क्षेत्रको पुननिर्माणमा सघाउने उद्धेश्यले भदौ ४ गते शनिबार काष्ठमण्डपदेखि खोकनासम्म साइक्लिङ हुने भएको छ ।
खोकना पुननिर्माण तथा पुनःस्थापना समितिको आयोजनामा बिहान ७ बजे काष्ठमण्डपदेखि खोकनासम्म २० किमि साइक्लिङ हुने भएको हो । कार्यक्रम संयोजक पवन शाक्यका अनुसार साइक्लिङमा दुई सय जना साइक्लिष्ट सहभागि हुने आशा छ ।
साइक्लिङमा सहभागी हुनेले ६ सय रुपैयाँ तिर्नु पर्नेछ । कार्यक्रमबाट बचेको रकम खोकनाबासीलाई हस्तान्तरण गरिने छ । ‘राइड काष्ठमण्डप टु खोकना’ साइक्लिङ दोस्रो पटक हुन लागेको हो । गत बर्ष एक लाख २८ हजार रुपैयाँ संकलन भएको थियो ।
राजधानीमा शुक्रबार गाइजात्रा मनाइँदै छ । तर, खोकनामा भोलिपल्ट मनाइन्छ । ‘खोकनामा शनिबार गाइजात्रा मनाइँदै छ,’ शाक्यले भने, ‘त्यही दिन हामीले साइक्लिङ गर्न लागेका हौं ।’
कार्यक्रमलाई रैका ट्राभल्स, हिमालयन म्याप हाउस, नेपाल माउन्टेन बाइक टुर्स, अल्पाइन कार्ड, सेरेने टुर, प्याङक बाइक लगायत संस्थाले सहयोग गरेका छन् ।


Facebook Comment


No ads found for this position