नेपाल पर्यटन बोर्डले १४ करोड रुपैयाँ प्रमोसनका लागि खर्च गर्ने

काठमाडौँ, १ भदौ । नेपाल पर्यटन बोर्डले चालू आर्थिक वर्षका लागि १४ करोड २५ लाख रुपैयाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा विज्ञापन तथा प्रमोसनका लागि खर्च गर्ने भएको छ । बोर्डले व्रिटिश बोर्डकास्टिङ कर्पोरेशन (बीबीसी)मा मात्रै चालू आवमा नौ करोड रुपैयाँ खर्च गरेर नेपालको पर्यटन प्रवद्धा गर्ने भएको हो।
त्यस्तै पर्यटन प्रवद्धनमा पर्यटनसम्वन्धि विश्वविख्यात अनलाईन ट्रिप एडभाइजरमार्फत दुई करोड ५० लाख रुपैयाँ खर्च गर्ने जनाएको छ।

चालू आवको एक अर्ब १२ करोड रुपैयाँको बजेटमा नौ करोड रुपैयाँ बीबीसीमा पर्यटन सम्वन्धि कार्यक्रमका लागि र उच्च प्रविधिको एचडी क्वालिटिको नेपालसम्वन्धि भिडियो बनाउएर प्रशारण गरिने जनाइएको छ।

त्यस्तै पाँच करोड रुपैयाँ क्षेत्रीय तथा छिमेकी देश भारत र चीनका टेलिभिजनमार्फत पर्यटन प्रवद्धनको विज्ञापन गर्ने जनाइएको छ। त्यस्तै २५ लाख रुपैयाँ देशका अनलाईन, टिभी, रेडियो, पत्रीका र स्मारिका लागायतमा खर्च गर्ने उल्लेख गरिएको छ।
बजेटमार्फत बीबीसीमा खर्च गर्ने गरी तय गरेको यो बजेट सन् २०११ पछि दोस्रोपटक भएको पनि बोर्डले जानकारी दिएको छ । पर्यटन बोर्डका बरिष्ठ अधिकृत सुदन सुवेदीका अनुसार अधिल्लो पटक कार्यक्रम हुँदाहुँदै विविध कारणले बजेट खर्च गर्न नपाएका कारण अहिले चालू आवमा नै मिडियाका लागि बजेट छुट्याएको बताए।

बोर्डको यो वर्षको बजेट सामाजिक सन्जालमार्फत खर्च गर्नेदेखि डिजिटल मार्केटसम्मा केन्द्रित रहेको छ । बोर्डले आगामी आवको बजेटमा सामाजिक संजालमार्फत पर्यटन प्रर्वद्धन गर्ने योजना अगाडि सारिसकेको जानकारी दिएको छ ।

बोर्डले प्रवद्धनका काम गर्दा सामाजिक सञ्जालको प्रयोग, डिजिटल मार्केट, अन्तराष्ट्रिय सञ्चार माध्यममा नेपालको प्रवद्धन गर्ने तथा अनलाइन मार्केटसम्म पुग्ने गरी नयाँ र आधुनकि शैलीलाई पछ्याउँदै आगामी आर्थिक वर्षको बजेट तयार पारेको छ।

पर्यटन बोर्डले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्समार्फत नेपालमा विभिन्न टोलीलाई भ्रमण गराएर नेपालको प्रवद्धन गर्न ८० लाख रुपैयाँ खर्च गर्ने गरी बजेट तय गरेको छ।


Facebook Comment


No ads found for this position