एक तस्वीर, जसले विश्वलाई आश्चर्यमा पारेको छ

aa२ भदौ, काठमाडौं । युद्ध आफैंमा अप्रिय शब्द हो । र, सिरियामा चलिरहेको गृहयुद्धले मानिसहरुको जीवन कसरी बर्बाद बनाइरहेको छ भने यो एक तस्वीरले देखाएको छ ।

एम्बुलेन्सको सिटमा एक्लै बसिरहेका बालक पाँच वर्षका छन् । र, उनको गृहनगर एलप्पोमा भएको हवाई कारबाहीमा उनी घाइते भएका हुन् ।

उनका अभिभावकको अवस्था थाहा छैन । हवाई कारबाहीका क्रममा उनको घर ध्वस्त हुँदा उनी त्यहीँ थिए । घर भत्किँदा उडेको धुलो उनको शरीरमा अझै छ । उनी घाइते पनि छन् ।भिडियो फुटेजमा उनी रोएका छैनन् । तर, अस्पतालमा जान प्रतिक्षारत जस्ता देखिएका छन् ।

सिरियामा जारी गृहयुद्धमा उनी जस्ता धेरै बालक घाइतेमात्र भएका छैनन्, ज्यान नै गुमाएका छन् । तर, यो तस्वीरले विश्वको ध्यान तानेको छ ।


Facebook Comment


No ads found for this position