प्रचण्ड र ओलीको गार्इजात्रे दोहोरी कस्तो होला ?

gaijatra३ भदौ, काठमाडौं । एमालेसँग सहकार्य तोडेर कांग्रेसको साथमा प्रधानमन्त्री बनेका प्रचण्ड र सत्ता खुस्किएपछि फुर्सद मनाइरहेका केपी शर्मा ओली एउटै मञ्चमा भेट भए भने के गर्लान् ? कतै भाषण गर्दा प्रायः एक-अर्काप्रति तुष पोख्ने दुवै नेताले आमने-सामने हुँदा घोचपेचको कस्तो शैली अपनाउलान् ?

प्रज्ञा भवन कमलादीमा आजबाट सुरु हुने ‘तीते-जिरे गाईजात्रा’ मा प्रचण्ड र ओलीबीचको दोहोरीमा यसको झल्को मिल्नेछ ।

प्रचण्ड भन्छन् –
तिमीभन्दा देउवा नै जाती हो
एमाले भन्या ढुलमुले पार्टी हो
हाम्रो सम्बन्ध चेट भयो
सहकार्यमा देउवासँग भेट भयो ।

ओली जवाफ फर्काउँछन् –
कांग्रेससँग सत्ता किन चाख्या छौ
रिमोर्ट कन्ट्रोल दिल्लीमा राख्या छौ
मोदीसँग भेट भयो
त्यही भएर मेरो कुर्सी चेट भयो ।

हास्य कलाकार दीपकराज गिरीको ‘तीतो सत्य’ समूहले प्रचण्ड-ओली दोहोरी पस्किनेछ । दोहोरी गायनमा दीपकराजसँगै दीपाश्री निरौला, रवि डंगोल (बेमान), पूर्ण थापा सुब्बा, आरपी भट्टराई (लाजालाम) लगायत अन्य कलाकारको पनि साथ रहनेछ ।आधा घन्टाको प्रस्तुतिमा ओलीको सत्ता खुस्किँदाको तनाव र प्रचण्डको नयाँ सहकार्यको उत्साह छल्किने दीपकले जानकारी दिए ।


Facebook Comment


No ads found for this position