वार्षिक भित्रिन्छ साढे दुई अर्बको काठ

४ भदौ, काठमाडौं । नेपालको कुल क्षेत्रफलमध्ये ४४ दशमलव ७४ प्रतिशत वन–जंगलले ढाकेको छ । तर, नेपालले वार्षिक दुई अर्ब रुपैयााभन्दा बढीको काठ आयात गर्दै आएको छ।नेपालमा नामै नसुनेका देशबाट काठलगायत काठबाट निर्मित सामग्री आयात हुने गरेको छ।

kathनेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष श्यामसुन्दर ढकाल नेपालमा वनजंगलका रूख काट्न हुन्न भन्ने मान्यताका कारण विदेशबाट बढी काठ आयात भएको बताउाछन्। नीति निर्माणकर्तादेखि सरकारी कर्मचारीहरूमा यो मानसिकता बढी रहेको उनको भनाइ छ।

वैज्ञानिक वन व्यवस्थापन गर्न लामो समयदेखि गृहकार्य भए पनि कार्यान्वयन हुन नसक्दा विदेशबाट धेरै काठ आयात हुने गरेको हो । नेपालको वनलाई वैज्ञानिक रूपमा व्यवस्थापन गरेमा रोजगारी पनि सिर्जना हुने ढकालको भनाइ छ । वैज्ञानिक वन व्यवस्थापन हुन सकेन वन तथा भूसंरक्षण मन्त्रालयका अनुसन्धान अधिकृत यज्ञनाथ दाहाल वैज्ञानिक वन व्यवस्थापनको काम प्रभावकारी रूपमा हुन नसकेको बताउाछन्।

‘छिटोछिटो सरकार परिवर्तनले प्रभावकारी रूपमा काम गर्न सकेका छैनाौ,’ दाहालले भने, ‘हरेक प्राणीको एउटा निश्चित चरण पूरा गरेपछि वृद्धि विकास रोकिन्छ । त्यसैगरी, रूखको पनि एउटा निश्चित चरण पूरा गरेपछि वृद्धि विकास रोकिने भएकाले काटेर प्रयोग गर्दा उचित हुन्छ ।’ वैज्ञानिक वन व्यवस्थापन भएमा विदेशबाट आयात हुने काठ विस्थापित हुने दाहालको भनाइ छ

नेपालका वन–जंगलबाट वार्षिक रूपमा ११ करोडदेखि १३ करोड क्युफिटसम्म काठ काट्दा वातावरणमा कुनै असर नपर्ने वन पैदावार उद्योग व्यवसायी महासंघका कार्यबाहक अध्यक्ष श्यामसुन्दर ढकालले बताए । त्यसमध्ये चारदेखि पााच करोड क्युफिट काठ स्वदेशमा खपत गरी बााकी निर्यात गर्न सकिने उनको भनाइ छ । एक क्युफिट काठको मूल्य सरदर तीन हजार रुपैयाा छ । वार्षिक सात करोड क्युफिट काठ बिक्री गर्दा सामान्यत: दुई खर्बभन्दा धेरै आम्दानी गर्न सकिने विज्ञहरू बताउाछन्।


Facebook Comment


No ads found for this position