एक वर्षमा दुई सय ८१ विदेशी निष्कासित

४ भदौ, काठमाडौं । एक वर्षमा नेपालबाट दुई सय ८१ जना विदेशी नागरिकलाई निष्कासन गरिएको छ। विभिन्न अपराधमा संलग्नलाई गृह मन्त्रालयले निष्कासन गरेको छ।

adhyagaman-bibhagआर्थिक वर्ष ०७२/७३ मा निष्कासनमा पर्नेमध्ये दुई सय ३६ जना अध्यागमनसम्बन्धी अपराधमा संलग्न छन्। बाँकी ४५ जना अन्य विभिन्न किमिसका फौजदारी अपराधमा संलग्न छन्। अध्यागमन विभागका अनुसार निष्कासनमा पर्नेमा सबैभन्दा धेरै चिनियाँ नागरिक छन्।

डलर तस्करी तथा ओभरस्टेमा धेरै विदेशी निष्कासनमा पर्ने गर्दछन्। लागुऔषध, ठगी, तस्करी, यौन दुराचारसम्बन्धी मुद्दामा जेल परेका ४५ जनालाई पनि जेलबाट छुटेपछि निष्कासन गरिएको छ। यस्तो मुद्दाका विदेशीलाई १० वर्षसम्म नेपाल आउन नपाउने गरी निष्कासन हुने गरेको छ। त्यस्तै, अध्यागमनसम्बन्धी अपराधमा संलग्नलाई भने एक वर्ष आउन नपाउने गरी निष्कासन हुने गरेको छ।

प्राय: अवैध गतिविधिमा संलग्नहरू अध्यागमन अवधि नाघेर बस्ने गरेका छन्। धेरै चिनियाँ नागरिक नेपालमा पर्यटक भिसामा बिजिनेस गरेर बस्ने र एक वर्षमा पााच महिना मात्र बस्ने पाइनेमा धेरै बस्ने गरेको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपाने बताउाछन्।

अहिले पनि अध्यागमनको हिरासतमा नौ विदेशीलाई निष्कासनका लागि राखिएको छ। जसमध्ये एक रसियन नागरिकको नामसमेत खुलेको छैन। उनीसँग कुनै कागजपत्रसमेत नभेटिएको एक अधिकारीले बताए।


Facebook Comment


No ads found for this position