पुराना बुद्धमूर्ति भेटिए

ललितपुर, ५ भदौ । गत साउन १० गते ललितपुर उपमहानगरपालिका–१२ नौदोबहालस्थित बुद्ध मन्दिरबाट चोरी भएका पुराना मूर्ति आज भेटिएको प्रहरी परिसरका प्रमुख पीताम्बर अधिकारीले बताउनुभएको छ ।

budha-npउहाँले चोरी भएका सामान उक्त मन्दिर नजिकै सडकमा कालो झोलामा छाडिएको अवस्थामा भेटिएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो । चोरीमा संलग्नमध्ये तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

चोरी भएका मूर्ति सुनको जलप लगाइएका एवम् ४०० वर्ष पुरानो रहेका बताइएको छ । मूर्तिसँगै मन्दिरभित्र रहेका गरगहना चोरी भएको थियो । चोरीमा संलग्नमध्ये रामेछाप गाउँसरा–४ का मानबहादुर मगर, काभ्रेपलाञ्चोक भीमपोखरी–३ का गणेशबहादुर श्रेष्ठ र दोलखा लाकुरीडाँडा–४ घर भएका मीनबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान भइरहेको जनाइएको छ । चोरीमा संलग्न अन्यलाई खोजी जारी रहेको बताइएको छ ।

भेटिएका सामानमा १६ इन्च उचाइ भएका ४०० वर्ष पुराना बुद्धका बहुमूल्य मूर्ति दुई थान, चाँदीका विभिन्न प्रकारका गरगहना एवम् सुनको जलप लगाइएका विभिन्न अन्य गहना रहेका छन् ।


Facebook Comment


No ads found for this position