सोलार जडान गर्दा २० हजार अनुदान र बिनाधितो कर्जा, के के चाहिन्छ कागज?

अमर बडुवाल

६ भदौ, काठमाडौं । सरकारले यो अर्थिक वर्षबाट सहरी सौर्य उर्जा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सोलार जडान खर्च २० हजार र कर्जा सुविधा ९० प्रतिशत सम्म दने घोषणा गरेको छ।

अघिल्लो आर्थिक वर्षमा १० हजार सौर्य उर्जा जडान गर्ने लक्ष्य राखे पनि बजेट अभावका कारण १३ सय मात्रै बितरण गरेको बैकल्पिक उर्जा प्रबर्दन केन्द्र सहरी सौर्य उर्जा कार्यक्रम प्रमुख अविनास बरुणले बताए। अघिल्लो वर्ष भन्दा यो वर्षको कार्यक्रममा धेरै ब्यवहारिक पक्ष समेटिएकोले २५ सय सोलार बितरण गर्ने पनि उनले बताए। अघिल्लो वर्ष १५ हजार अनुदान पाउन ५०० वाट अर्थात २ लाख रुपैयाँ भन्दा बढी लगानी गर्नु पर्थ्यो भने यो वर्ष २०० वाट अर्थात करिव ५० देखि ७५ हजार लगानी गर्दा २० हजार अनुदान पाउने व्यवस्था गरिएको छ।
के हो सहरी सौर्य उर्जा कार्यक्रम
सहरी सौर्य उर्जा कार्यक्रम सरकारले विद्युत सेवा पुगेका ठाउँमा सौर्य उर्जाको प्रयोगलाई बढवा दिइ लोडसेडिङ घटाउन सहयोग पुगोस भन्ने उद्देश्यले सञ्चालनमा ल्याएको कार्यक्रम हो। यसमा सौर्य उर्जा जडान गर्दा लाग्ने खर्च २० हजार अनुदान दिने र कुल खर्चको ९० प्रतिशत सम्म कर्जा सापटी र ब्याजमा पनि ७५ प्रतिशतसम्म अनुदान दिने प्रावधान छ। घरायसी प्रयोजनको लागि ७५ प्रतिशत ब्याज र ब्यावसायिक प्रयोजनमा ५० प्रतिशत ब्याज अनुदान पाइन्छ।

कसरी पाउने अनुदान
सहरी सौर्य उर्जा कार्यक्रमबाट अनुदान पाउन ग्रहकले कम्तिमा २०० वाट क्षमताको सोलार जडान गर्नुपर्छ। पहिले ५०० वाट क्षमताको सोलार जडान गर्दा मात्र अनुदान पाईन्थ्यो। कर्जा लिन भने कम्तिमा ५०० वाट क्षमताको सोलार जडान गर्नु पर्छ। ब्यावसायिक प्रयोजनको लागि हो भने १५०० वाट क्षमताको सोलारमा मात्रै कर्जा सुविधा दिने कार्यक्रम प्रमुख बरुणले बताए । उनले पहिले कर्जा १०० वाट क्षमताको जडान गर्दा पनि पाईन्थ्यो, त्यो प्रक्रिया झण्झटिलो भएकोले अहिले अनुदान २०० वाटमा दिए पनि कर्जा भने ५०० वाट बाट मात्रै दिने गरेको बताए।

मर्निङ सन् सोलार कम्पनिका प्रमुख जंग बहादुर कुवँरले भने बैकल्पिक उर्जाकै परीक्षण विभाग (रेटस)ले परीक्षण गरी पास गरेका सामाग्री मात्रै ग्राहकले प्रयोग गर्नु पर्छ अनि मात्र आफुले अनुदानको लागि बैकल्पिक उर्जालाई सिफारिस गर्ने बताए । कुवँरले आफ्नो कम्पनिले जडान गरे पछि दुई वर्ष सम्म ६/६ महिनामा निशुल्क मर्मत गर्ने र २ वर्ष पछि वार्षिक दुई हजार रुपैयाँ लिएर त्यहि समय अनुसार सभिसिङ गर्ने गरेको बताए ।

ग्राहकले सरकारले तोकेका करिव ४०० सोलार कम्पनिबाट जहाँबाट सोलार किने पनि उनिहरुले दिएको फर्म भरी बैकल्पिक उर्जामा पठाउनु पर्छ । त्यसपछि उनीहरुले अनुदान पाउछन्। यसका लागि खरिद कर्ता भने सहरी सौर्य उर्जा कार्यक्रम लागु भएको ठाउँ अर्थात बिद्युत लाइन जडान गरेको ब्यक्ति वा फर्म हुनैपर्छ।

कसरी लिने कर्जा
बैकल्पिक उर्जाले नेपाल ईन्भेस्टमेन्ट, बैंक एनएमबी बैंक, सिद्धार्थ बैंक, हिमालय बैंक र सिभिल बैंकसँग कर्जाका लागि सम्झौता गरेको छ। यो कर्जा लिन सोलार जडान गर्ने ब्यक्तिको नागरिकताको प्रतिलिपि लालपुर्जाको प्रतिलिपि बिजुलिको बिल तिरेको रसिद र आयस्रोत खुल्ने कागज पत्र पेस गर्नु पर्छ। त्यसपछि भने बैंकले आयस्रोतलाई मुख्य आधार मानि बिनाधितो आवश्यक रकमको ९० प्रतिशत सम्म कर्जा तीन साता भित्र उपलब्ध गराउँछन् । कर्जा दिने वा नदिने भन्ने निर्णय भने बैंकले नै गर्छन् । कर्जा लिन घरायसी प्रयोजनका लागि कम्तिमा ५०० वाट क्षमताको सोलार जडान गर्नु पर्छ भने ब्यावसायिक प्रयोजनका लागि १५ सय वाट क्षमताको सोलार जडान गर्नु पर्छ ।
२०० वाट भनेको कति हो
२०० वाट क्षमता भन्नाले कम्तिमा १ टिभि ५ घण्टा १० बत्ति ७ घण्टा १ ल्यापटप ३ घण्टा र १ राउटर ८ घण्टा सम्म चलाउन पुग्ने भन्ने हुन्छ। २०० वाट क्षमताको सोलार कम्पनी हेरी ५० देखि ७५ हजार रुपैयाँ सम्म लागत पर्छ। यसरी जडान गर्दा ७५ हजारमा सोलार किन्ने हो भने २० हजार अनुदान पाउँदा ५५ हजार रुपैयाँमा यी सबै सुविधा लिन सकिने कार्यक्रम प्रमुख अविनासले बताए।


Facebook Comment


No ads found for this position