Casino With No Deposit Deposit Bonus Waiting: It will not be a hassle at all to find the classic games the casino hosts as they are conveniently divided into several categories.
  • Casino Sky Login App Sign Up - The real test to determine whether a casino is worth playing at or not lies in its ability to facilitate deposits and withdrawals quickly, seamlessly, and without charging you an excess amount in fees.
  • No Deposit Bonus Slot Games Uk: Many online casinos only offer roulette and blackjack, but BitStarz doesnt have this problem.
  • Free bitcoin slots no deposit

    United Kingdom Casino Nashua Nh
    With every level you pass, your potential rewards will grow in value.
    Online Roulette Calculator
    Simply decide on your bet per spin and the number of spins you want.
    Looking for a pokie that has a nice cave-man theme that will have all the time will you spin the reels.

    Poker angle examples

    Casino With Free Bonuses Canada
    I would remind everyone that I had a pleasant stay there pursuant to my review.
    United Kingdom Casino In Vegas
    Match betting is the simplest form of tennis betting just like there are some very simple forms of online casino gaming.
    Play Slots With Free Spins Canada

    यी हुन् सरकारबाट आर्थिक सहायता पाउने ‘विपन्न’ (सूचीसहित)

    ६ भदौ, काठमाडौ । केपी ओली नेतृत्वको सरकारले ११८ जना ‘असहाय’ लाई आर्थिक सहायता बाँडेको तथ्य खुलेको छ । सरकारबाट आर्थिक सहायताका नाममा नगद नारायण प्राप्त गर्ने भाग्यमानीहरुमा अधिकांश एमाले र माओवादीका नेता-कार्यकर्ता एवं सम्पन्न व्यक्ति समेत छन् ।

    colazराजधानीमा घर भई आर्थिकरुपमा सम्पन्न रहेका एकजना शाही सरकारका पूर्वमन्त्रीको नाम पनि सरकारबाट आर्थिक सहायता लिनेको सूचीमा छ । त्यस्तै संविधान र राज्यसत्तालाई नमान्ने घोषणा गरेको विप्लव माओवादीका नेताले पनि ओली नेतृत्वको सरकारबाट ‘आर्थिक सहायता’ शीर्षकमा नगद नारायण बुझेका छन् ।

    सर्वसाधारण जनताले विरामी पर्दा पनि आफैं उपचार गर्नुपर्ने वा उपचार नपाएर मर्नुपर्ने अवस्था छ । तर, राज्यले आर्थिक सहायताका नाममा आफ्ना कार्यकर्ताहरु पोस्ने काम गरेको देखिन्छ । आर्थिक सहायता पाउने ११८ मध्ये कतिपय चाँहि गम्भीर बिरामी परेका व्यक्तिहरु पनि छन् । तर, उनीहरुले थोरै रकम पाएका छन् भने नेताको पहुँचमा भएकाले ५ देखि १० लाखसम्म पाएका छन् ।

    आर्थिक सहायता लिने ‘गरीव’ को सूचीमा को-को ?

    आर्थिक सहायता लिनेहरुको सूचीको १३ औं नम्बरमा पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको नाम समेत छ । असारको सूचीमा पाण्डेको नाम प्रकाशित भएको छ, जसअनुसार पूर्वमन्त्री पाण्डेले ०७३ साल जेठ १३ गते ५ लाख रुपैयाँ आर्थिक सहायता लिएको देखिन्छ ।

    राजधानीमा भव्य कम्पाउण्डसहितको घरमा बस्दै आएका पूर्वमन्त्री पाण्डेले आर्थिक सहायताका लागि सरकारसँग किन आग्रह गरे भन्ने प्रश्न राख्दा उनका एकाघरका छोरा निश्चलनाथ पाण्डेले सरकारले गरेको निर्णय अनुसार सो रकम लिन अहिलेसम्म नगएको बताए । उनले भने ‘यस्तो निर्णय भएको थाहा भए पनि हामी अहिलेसम्म लिन गएका छैनौं । लिएको भए त रिसिभ हुनुपर्‍यो नि, हामीले आर्थिक सहायता लिएका छैनौं ।’

    पूर्वराजा ज्ञानेन्द्रका पालामा समेत मन्त्री बनेका रमेशनाथ जुनसुकै सरकारका पालामा पनि क्याबिनेट तहसम्म पहुँच राख्ने सम्बन्ध राख्ने चतुर नेताका रुपमा चिनिन्छन् । ओली सरकारबाट ५ लाख रुपैयाँ ‘आर्थिक सहायता’को निर्णय गराउन सफल भएका पाण्डेले प्रचण्ड प्रधानमन्त्री हुनासाथ बालुवाटारमा पुगेर उनलाई बधाइ दिन भ्याइसकेका छन् ।

    आफूलाई परराष्ट्र मामिलाका जानकार दाबी गर्ने पाण्डे आफैं ज्ञानेन्द्रको मन्त्रिमण्डलमा परराष्ट्रमन्त्री थिए । तर, उनको कार्यकालमा सरकारको विदेश नीति इतिहासकै ‘झूर’ मानिन्छ । ज्ञानेन्द्रका पालामा नेपाल-भारत सम्बन्धमात्रै होइन, अन्य मुलुकसँगको सम्बन्धलाई पनि पाण्डेले सुमधुर बनाउन नसक्दा ज्ञानेन्द्रको शासन ढलेको थियो ।

    तर, परराष्ट्र मामिलाको जानकार बताउने र गणतान्त्रिक सरकारसँग आर्थिक सहायताका लागि निवेदन दिने काम पाण्डेले जारी राखेको आर्थिक सहायताको सूचीले स्पष्ट पारेको छ । पाण्डेले मागेको आर्थिक सहायताबारे स्रोतले भन्यो- ‘उनले निवेदन नदिई सरकारले पक्कै पनि आर्थिक सहायता दिने निर्णय गरेको होइन, नमागिकन दिने कुरै हुँदैन ।’

    त्यसो त यसअघि पूर्वमन्त्री पाण्डेले सरकारले दिएको आर्थिक सहायता फिर्ता गरेको जनाएका थिए । तर, गृह मन्त्रालय स्रोतले भने त्यसबारे कुनै जानकारी नआएको बताएको छ ।

    इला शर्मालाई ३ लाख !

    कमजोर अवस्थाका विपन्नहरुलाई दिने बाहानामा तयार पारिएको आर्थिक सहायता एवं उपचार खर्चको कोषबाट निर्वाचन आयोगकी आयुक्त इला शर्मालाई समेत सरकारले ३ लाख रुपैयाँ दिने निर्णय गरेको देखिएको छ ।

    कुपण्डोल, ललितपुरकी शर्माले गत असार २६ गतेको निर्णय अनुसार तीन लाख रुपैयाँ आर्थिक सहायता पाएकी हुन् । सरकारबाट आर्थिक सहायता पाउनेहरुको सूचीमा तत्कालीन प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाका धेरैजना परेका छन्, जसमा अधिकांश एमालेका नेता-कार्यकर्ता छन् ।

    झापाका भक्ति सिटौलाले जेठ १३ कै मितिमा ४ लाख रुपैयाँ आर्थिक सहायता पाएका छन् । त्यस्तै झापा महेशपुरका रोहित राजबंशीले एक लाख, दमकका विक्रम खरेलले एक लाख र रुद्रकुमार कुरुम्बाङले दुई लाख रुपैयाँ आर्थिक सहायता पाएका छन् ।

    सहीद परिवार हुनुको नाताले पहिल्यै राज्यबाट पटक-पटक राज्यबाट सुविधा पाउँदै आएकी अनारमनीकी विश्वेश्वरा दाहाललाई ओली सरकारले गत साउन ४ गते ५ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ । त्यस्तै काभ्रेका गोविन्दनाथ उप्रेतीलाई ५ लाख र भोजपुरका घनेन्द्र बस्नेतलाई ३ लाख रुपैयाँ ओली सरकारले आर्थिक सहायता उपलब्ध गराएको छ ।

    माओवादी पनि अग्रपङ्तीमा

    ओली सरकारबाट आर्थिक सहायता लिनेहरुमा माओवादी नेताहरु पनि अग्रपङ्तीमा देखिएका छन् । प्राप्त सूची अनुसार कालीकोटका सांसद महेन्द्रबहादुर शाहीले गत असार २६ गते ५ लाख रुपैयाँ आर्थिक सहायता पाएका छन् ।

    माओवादी विप्लव समूहका विद्यार्थी नेता शरद रसाइलीले ३ लाख रुपैयाँ पाएका छन् । उनी विरामी अवस्थामा रहेको माओवादीको भनाइ छ । रोल्पाका पुराना वामपन्थी बर्मन बुढाले २ लाख रुपैयाँ पाएका छन् ।

    चार दिनमा २ करोड ३२ लाख वितरण

    ओली नेतृत्वको सरकारले आर्थिक सहायता र विपन्न नागरिकको उपचार शीर्षकमा चार दिनमा २ करोड ३२ लाख वितरण गरेको पाइएको छ । उपचारका नाममा एमाले र माओवादीका कार्यकर्ताहरुले करोडौं रुपैयाँ भागशान्ति गरेका हुन् ।

    गत जेठदेखि साउनसम्म तीन महिनामा जम्मा चारवटा क्याविनेटले मात्रै यतिधेरै सहायता वितरण गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदकै कुनै कानुनी आधारविनै यति ठूलो रकम वितरण गरिएको हो ।

    मन्त्रिपरिषदको निर्णयमा ‘आर्थिक सहायता प्रदान गर्ने सम्बन्धी विभिन्न मितिको निर्णय बमोजिम’ भनिएको छ । तर, कुन कानुनी आधारमा टेकेर यसरी रकम बाँडिएको हो भन्ने उल्लेख छैन । मन्त्रिपरिषदले गरेको यो निर्णयमा अख्तियारले प्रश्न उठाउन नसक्ने भन्दै ढुक्क भएर कार्यकर्तालाई करोडौं रुपैयाँ बाँडेको देखिन्छ ।

    ओली नेतृत्वको मन्त्रिपरिषदले १ सय १८ जनालाई १ देखि १० लाखसम्मका दरले २ करोड ३२ लाख वितरण गरेको छ । तर, निर्णयमा उनीहरुलाई आर्थिक सहायता दिनुपर्ने कारण के थियो भन्ने खुलाइएको छैन ।

    रमेशनाथ पाण्डेलगायतका उल्लेखित विपन्न नागरिकहरुलाई उपचार खर्च वितरणका लागि कस्तो रोग लागेको हो ? मेडिकल बोर्डको सिफारिस वा स्थानीय निकायले विपन्न नागरिक हो भनी सिफारिस गरेको प्रमाणित काजपत्रका आधारमा स्वास्थ्य मन्त्रालयको सिफारिसमा मात्रै मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने प्रावधान छ ।

    तर, मन्त्रिपरिषदले कुनै आधारविनै निर्णय गरेर विपन्न नागरिकको उपचार खर्च शीर्षकमा पैसा बाँडेको पाइएको छ ।यसरी आर्थिक सहायता र विपन्न नागरिकका नाममा औषधि उपचार खर्च पाउनेहरुमा अधिकांश दलका कार्यकर्ता र पहुँचवाला व्यक्तिहरु रहनुले पनि ओली सरकारको बदनियत स्पष्ट हुन्छ ।

    सरकारले पहुँचवालालाई विपन्न नागरिक बनाएर असार २६ गते मात्र एकै दिन १ करोड ३६ लाख बाँडेको थियो । असार २६ गतेको मन्त्रिपरिषद बैठकले ७८ जनालाई १ देखि ५ लाखसम्म पैसा बाँडेको हो । यस्तै जेठ १३ गते मन्त्रिपरिषदले २२ जनालाई २७ लाख रुपैँया बाँडेको थियो । साउन महिनामा दुई पटक गरी १८ जनालाई ६९ लाख बाँडेको छ ।

    यसरी विपन्न नागरिकको नाममा आर्थिक सहायता पाउनेमा सभासद, पूर्वसभासददेखि पहुँचवालाको संख्या उलेख्य छ । सांसद महेन्द्रबहादुर शाहीले ५ लाख रुपैँया पाएका छन् । उदयपुरका पूर्वसांसद मोहनबहादुर खत्रीले दुई लाख रुपैयाँ आर्थिक सहायता पाएका छन् ।

    ओली सरकारले इलामकी मुना कुमारी गिरीलाई ४ लाख, धरानका नरेश शाक्यलाई १० लाख, सर्लाहीका महेश थापालाई ५ लाख र दार्चुलाका प्रतापराम लोहारलाई ५ लाख रुपैयाँ सहायता दिने निर्णय गरेको छ । पोखराका एमाले नेता सोमनाथ अधिकारीले सरकारबाट ५ लाख रुपैयाँ आर्थिक सहायता पाएका छन् ।

    हेर्नुहोस् सूची

     


    Facebook Comment


    No ads found for this position